काठमाडौं । नेपालमा अनलाइन पत्रकारिताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । अनलाइन पत्रकारिताको अवस्था, सम्भावना र चुनौती विषयक एक अन्तरक्रियामा सरोकावालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
पत्रकार उमेश श्रेष्ठले मिथ्या र सनसनीपूर्ण जानकारी दिएर भ्रम छर्ने अनलाइनको संख्या बढिरहेको बताउनुभयो । उनले समाचार स्रोतको रुपमा अनलाइन प्रयोग गर्नेहरुको संख्या बढे पनि समाचारमाथिको विश्वसनियतामा पाठक ढुक्क बन्ने अवस्था नआएको उल्लेख गर्नुभयो।
कार्यक्रममा अनलाइनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौँ रुपैयाँ बाहिर पठाउनु पर्ने बाध्यता रहेको भन्दै धेरैले चिन्ता व्यक्त गरे ।









