उदयपुर । उदयपुर मोबाइल व्यवसायी संघ तदर्थ समितिका उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको गलत र भ्रामक अभिव्यक्ति प्रति मोबाइल व्यवसायीहरु रुष्ट भएका छन् । विहिबार  उपाध्यक्ष पोखरेलद्वारा विज्ञप्तीमार्फत पदबाट राजीनामा   दिँदै विभिन्न संचारमाध्यममा आएको समाचार संस्थाको मर्यादामाथि समेत आँच आउने गलत र भ्रामक अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शुक्रबार संघका अध्यक्ष कोषराज दाहाल (कौशल) र महासचिव भुवन राउतद्वारा संयुक्त रुपमा विज्ञप्ती गर्दै खण्डन गरेको हो ।

विज्ञप्तीमा संघ व्यवासयिक हितको लागि र उपभोक्ताहरुले कम्पनीले तोकेको दर रेट भन्दा बढीमा सामान खरिद गरी ठगीमा नपरुन भन्ने पवित्र भावना लिएर उपभोक्ताहरुको हितको निमित्त स्थापना भएको संस्था भएको जनाएको छ । विज्ञप्तीमा विशेषत मोबाइल व्यवासयी र उपभोक्ताहरुको हितको निमित्त हाल तदर्थ समितिको रुपमा स्थापना भइको र आधिकारिक दर्ताको प्रक्रिया समेत अगाडी बढिरहेको अवस्थामा उपाध्यक्ष पोखरेलले संघमा जानकारी सम्म पनि नदिई एक्कासी विज्ञप्तीबाजी गर्नु संस्थाको हित विपरित हो, त्यसमा पनि व्यवसायी विच अस्वस्थ्य प्रतिस्पर्धा हुने र उपभोक्ताको अहित हुने आरोप छ यो सरासर गलत र भ्रामक अभिव्यक्ति भएको संघ सदैव व्यवसायी र उपभोक्ताको हितमा लागि रहने प्रतिवद्धता गर्दछौं भनि विज्ञप्तीमा जनाएको छ ।

 

तपाईको प्रतिक्रिया