उदयपुर । उदयपुरका मोबाइल एशोसियशनका उपाध्यक्षले राजीनामा दिएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा भरखरै गठन भएको समितिको उपाध्यक्ष पदबाट ध्रुव मोबाइलका संचालक धु्रुव प्रसाद पोखरेलले राजीनामा दिएको विज्ञप्ती मार्फत जनाएको छ ।
उनले व्यापार जहिले पनि प्रतिष्प्रधात्क हुनु पर्ने र उपभोक्ताको सहज मूल्यमा सामान पाउनु पर्ने विज्ञप्तीमा जनाएको छ । उनले मोबाइल विक्रीमा दर रेट कायम गरेको प्रति असन्तुष्ट जनाउँदै उपभोक्ताले सरल सहज न्यूनतम मूल्यमा मोबाइल किन्न पाउनु पर्ने बताएका छन् । यस्तै मोबाइल पसलमा रोजीरोटी गरिने कामदारले एक पसलबाट अर्को पसलमा छोडेर जाँदा ३ महिना काम गर्न नपाउने नियम आफुलाई अमान्य हुने भन्दै पदबाट राजीनामा दिएका हुन् । उनले मोबाइल एशोसियशनले कामदार विरुद्ध श्रम शोषणको नीति ल्याएको भन्दै घोर भत्र्सना गर्दै आफ्नो उपाध्यक्ष पदबाट राजीनामा दिएको विज्ञप्तीमा जनाएको छ । उनले मोबाइल एशोसियशन व्यापारीक संगठन भएकोले व्यापार गर्ने हो राजनीति गर्ने होइन भन्दै आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया