उदयपुर – के तपाई आफ्नो बैठक कोठा सीआरटी टिभीको सट्टा स्लिम टिभीले सजाएर आर्कषक बनाउन इच्छुक हुनुहुन्छ ? तर संकुचित रकमले गर्दा नँया टिभी किन्न सकिरहनु भएको छैन भने अब तपाईको सपना साकार पार्न कालिका सप्लायर्स एण्ड टे«डर्स गाईघाटले ग्राहकहरुका लागि सुनौलो योजना ल्याएको छ ।
कालिका सप्लायर्स एण्ड टे«डर्स गाईघाटले सामसुङ्ग, हिमस्टार, हाइसेन्स, सेनसाइ, वर्लपोल कम्पनीका एलइडी टिभी एक्सचेन्ज अफर ल्याएको छ । यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुराना सीआरटी टिभीलाई नँया सामसुङ्ग, हिमस्टार, हाइसेन्स, सेनसाइ, वर्लपोल कम्पनीका एलईडी टिभीसँग साट्न सकिनेछ ।
यो योजना फागुन ११ गतेदेखि फागुन २१ गतेसम्म मात्र लागू हुनेछ । यस अफरमा जुनसुकै जस्तो सुकै अवस्थाको टिभीको रु. ७ हजार मूल्याङ्क सहित नयाँ टिभीमा विशेष छुटको व्यवस्था भएको कालिका सप्लायर्स एण्ड टे«डर्स गाईघाटका प्रोप्राइटर सुनिल ठाकुरले जानकारी गराएका छन् । ग्राहकहरुले बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कुनै पनि समयमा गएर टिभी एक्सचेन्ज गर्न सक्नेछन् ।









