उदयपुर । बजाज कम्पानीको पल्सर १२५ सीसी उदयपुरको सदरमुकाम गाईघाटको आधिकारिक विक्रेता कालिका अटो लिंक गाईघाटले सोमबार एक कार्यक्रमको विच लन्च गरेको छ । आधुनिक एवं पृथक डिजाइन र उत्कृष्ठ परफरमेन्स सहित नयाँ पल्सर १२५ सीसी कालिका अटो लिंक गाईघाटले बजारमा ल्याएको हो ।
कम्पनीको रणनीति बारे चर्चा गर्दै कम्पनीका मेनेजिङ्ग डाइरेक्टर सुनिल कुमार ठाकुरले भने, “यसमा रहेको १२५ डि.टि.एस. इन्जिनले दिने ११ एन.एम. पावरले ग्राहकको दैनिक जिवनमा रोमाञ्चक एवं आरामदायी यात्राको सुनिश्चितता प्रदान गर्ने छ । यो अतुलनिय पावर र माइलेजको उत्कृष्ट समायोजनले यस सेन्मेन्टको बाइकहरु मध्ये उत्कृष्ट हो । जसलाई आरामदायी सवारीको आन्द लिन सकिन्छ र यो पल्सर बाइक सच्चा सहयात्री सावित हुने छ ।”
यस बाइकमा १२५ डि.टि.एस. आई इन्जिन जडानमा उत्कृष्ट ११ एन.एस. पावर र उत्कृष्ट माइलेजको लागि, आधुनिक एवं आकर्षक डिजिटल मिटर जडान, सजिलो स्टार्ट र एकनाशको प्रकाशको लागि डि.एस. आई. इग्निशन तथा लाईटिङ्ग सिस्टम भएको यसको विशेषता रहेको छ । अझ राम्रो रोड ग्रिप र सुरक्षाको लागि वाइड ट्युबलेस टायरहरु जडान गरिएको छ । यस बाइकको सिमित अवधिको लागि २ लाख २४ हजार ९०० मूल्य कायम गरिएको डाइरेक्टर ठाकुरले बताए । यो पल्सर आकर्षक चार रंगहरुमा उपलब्ध छ ।









