आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी कदापि स्वीकार्य हुँदैन : कामु महालेखा नियन्त्रक गौतम
उदयपुर, आर्थिक नियमावली मिच्दै दिईने भुक्तानी महालेखालाई कदापि स्वीकार्य हुन नसक्ने कायममुकायम महालेखा नियन्त्रक सूर्यप्रसाद गौतमले बताए । उनले उदयपुरको कोष तथा लेखा नियन्त्रक कार्यालयको नवनिर्मित भवनको शुक्रबार उद्घाटनको क्रममा सो कुरा बताएका हुन् ।
उनले लेखा समूहका कर्मचारीहरुलाई मापदण्ड र विधीका आधारमा मात्र कारोबार गर्न आग्रह गरे । उनले आर्थिक अनुसासनलाई शुद्धता बनाउदै अगाडी बढ्नु पर्ने सबैको...













