एक अटोमा नौं जना सबार, दुर्घटनामा बालकको मृत्यु

एक अटोमा नौं जना सबार, दुर्घटनामा बालकको मृत्यु
उदयपुर - उदयपुरमा सोमबार साँझ अटो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १४ दियाले स्थित गाईघाट दिक्तेल सडक खण्डमा प्र. १–०५–००१ ह ००२७ नम्बरको अटो दुर्घटना एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ४ का तिर्थ मगरको ५ वर्षिय छोरा नुजल मगरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोक बहादुर दियालीले जानकार...

उदयपुर सिमेन्ट उद्योग लामो समयदेखि बन्द, तत्काल सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ध्यानाकर्षणपत्र

उदयपुर सिमेन्ट उद्योग लामो समयदेखि बन्द, तत्काल सञ्चालन गर्न माग गर्दै उद्योगमन्त्रीलाई ध्यानाकर्षणपत्र
उदयपुर - उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालनको माग राख्दै उद्योगमा आबद्ध मजदुरहरु संगठनहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् । उद्योग सुधारका लागि महाप्रबन्धकको भूमिका प्रभावकारी नभएको भन्दै उद्योगमा क्रियाशिल चार मजदुर संघठनले सोमबार उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडूलाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र पठाएका हुन् । समग्र ट्रेड युनियान, नेपाल कारखाना श्रमिक संघ...

‘राजसंस्था पुनःस्थापना गर्ने, संघीयता खारेज गर्ने’सँग गठजोड गरेको भन्दै एमाले केन्द्रीय सदस्य रीताद्वारा पार्टी परित्याग

‘राजसंस्था पुनःस्थापना गर्ने, संघीयता खारेज गर्ने’सँग गठजोड गरेको भन्दै एमाले केन्द्रीय सदस्य रीताद्वारा पार्टी परित्याग
काठमाडौं– नेकपा (एमाले)की केन्द्रिय सदस्य तथा सर्लाही जिल्ला सह–ईन्चार्ज रीता कुमारीले एमाले परित्याग गरेकी छिन्। पार्टीको केन्द्रीय कमिटी निर्णयविपरीत प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा जसपा–राप्रपासँग गठबन्धन गरेर जनविरोधी काम गरेको भन्दै आफूले पार्टी त्यागेको बिहीबार जारी गरेको विज्ञप्तिमा उनले उल्लेख गरेकी छिन् । ‘पार्टी केन्द्रीय कमिटीको बैठकले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य ...

सोरुङ छविसे गोली काण्डका पीडित पक्षले क्षतिपूर्ति नपाए मंसिर ४ गतेको निर्वाचन बाहिष्कार गर्ने स्थानीय राजनीतिक दलको चेतावनी

सोरुङ छविसे गोली काण्डका पीडित पक्षले क्षतिपूर्ति नपाए मंसिर ४ गतेको निर्वाचन बाहिष्कार गर्ने स्थानीय राजनीतिक दलको चेतावनी
उदयपुर - उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छबिसे स्थित कालिका माविमा रहेको मतदान केन्द्रमा मतदान बहिष्कार हुने भएको छ । गत वैशाखमा ३० गते भएको स्थानीय तहको निर्वाचनमा चलेको गोली काण्डका पीडितले पक्षले क्षति पुर्ति नपाएकाले आमामी मंसिर ४ गते हुने मतदान बहिष्कार गर्ने स्थानीय राजनीनिक दलले चेतावनी दिएका छन् । कटारी नगरपालिका–१० मा रहेका राजनीतिक दलका प्रतिनिधिहरुले सोमबार एक सर्वदलीय बैठक आयोजना ...

उदयपुरमा २५ हजार ५३२ जनसंख्या थपियो

उदयपुरमा २५ हजार ५३२ जनसंख्या थपियो
उदयपुर - केन्द्रीय तथ्याङ्क विभागको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार उदयपुरमा २५ हजार ५३२ जनासंख्या थपिएको छ । जसअनुसार १० वर्षको अवधिमा उदयपुरको कुल जनसंख्या ३ लाख ४२ हजार ७७३ पुगेको प्रारम्भिक नतिजाले देखाएको छ । यो १० वर्ष अगाडि २०६८ मा ३ लाख १७ हजार ५३२ जनसंख्या रहेकोमा ०.७३ प्रतिशत अर्थात २५ हजार ५३२ जनसंख्या वृद्धि भएको जिल्ला तथ्याङ्क कार्यालय उदयपुरका प्रमुख शिवनारायण मह...

कोइला अभावमा १६ दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द, ट्रेड युनियनहरु आन्दोलित

कोइला अभावमा १६ दिनदेखि उदयपुर सिमेन्ट उद्योग बन्द, ट्रेड युनियनहरु आन्दोलित
उदयपुर – नेपालकै सवैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १६ दिनदेखि बन्द रहेको छ । कोइला अभाव झेल्दै आएको उद्योग संचालन फेरि हप्ता दिन नचल्दै पुनः बन्द हुन पुगेको हो । कोइला अभावमा असोज ९ गतेबाट संचालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभावमा बन्द हुन पुगेको हो । यो सँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ । विगतका वर्षहरुमा दशैंको टिकाको दिन ...

एमाले राजावादीको पाउमा झुक्यो : नेता चौधरी

एमाले राजावादीको पाउमा झुक्यो : नेता चौधरी
उदयपुर - नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले नेकपा एमाले राजाको पाउमा झुकेको बताउनुभयो । नेकपा एकीकृत समाजवादी उदयपुरको चौथो पूर्ण बैठकलाई सम्बोधनको क्रममा यस्तो बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देलको पाउमा पर्नु भनेको उनी राजासँग झुक्न पुगेको नेता चौधरीले आरोप लगाए । नेपाली जनता र नेकपा एमालेका तमाम न...

त्रियुगाका वडा अध्यक्ष कोईरालाको वदमासी : एउटै जग्गा नगर प्रहरी र नगरपालिकालाई भाडामा

त्रियुगाका वडा अध्यक्ष कोईरालाको वदमासी : एउटै जग्गा नगर प्रहरी र नगरपालिकालाई भाडामा
गाईघाट । फलफुल बजार व्यवस्थापन गर्ने नाममा आफ्नो निजी जग्गामा सार्वजनिक खरिद ऐन विपरित नगरपालिकाको रकम खर्च गरेका त्रियुगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षले अर्काे बदमासी गरेको खुलासा भएको छ । वडा अध्यक्ष सुमन्त कोईरालाले नगर प्रहरीलाई १० बर्ष अघि देखि भाडामा दिएको घरजग्गा समेत फलफुल बजारलाई भाडामा लगाएका हुन । जिल्ला प्रहरी कार्यालय सँग २०७२ भदौ २५ गते गरेको सम्झौता क्रियाशिल रहेको अवस्...

उदयपुर काँग्रेसका क्षेत्रिय सभापति रामकुमार राई ५ वर्षका लागि पार्टीबाट निष्कासित

उदयपुर काँग्रेसका क्षेत्रिय सभापति रामकुमार राई ५ वर्षका लागि पार्टीबाट निष्कासित
उदयपुर - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निष्कासन गरेको जानकारी दिएका छन् । ४ मंस...

उदयपुरका स्वतन्त्र उम्मेदवारहरुलाई कैचीदेखि माछासम्म चुनाव चिन्ह

उदयपुरका स्वतन्त्र उम्मेदवारहरुलाई कैचीदेखि माछासम्म चुनाव चिन्ह
उदयपुर - आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यमा उदयपुरबाट स्वतन्त्र उम्मेदवार बनेकाहरुले माछा देखि कैचीसम्म चुनाव निर्वाचन चिन्ह पाएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्रहरुलाई चुनाव चिन्ह प्रदान गरेका छन् । स्वतन्त्र र दल गत गरी संघमा २४ जना र प्रदेशमा ३६ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये संघमा दुई जना र प्रदेश सदस्यमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका थ...