त्रियुगा नगरपालिकाले प्रत्येक शुक्रबार डेङ्गी सचेतना अभियान संचालन गर्ने

त्रियुगा नगरपालिकाले प्रत्येक शुक्रबार डेङ्गी सचेतना अभियान संचालन गर्ने
उदयपुर । त्रियुगा नगरपालिकाले प्रत्येक शुक्रबार डेङ्गी सचेतना अभियान संचालन गर्ने भएको छ । त्रियुगा नगरपालिकामा डेङ्गु लगायत कीटजन्य रोगको नियन्त्रण तथा रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजनासगै डेंगीको जोखिम न्यूनीकरण, लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पाँचवटा निर्णय गरेको त्रियुगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र का...

उदयपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

उदयपुरका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु
उदयपुर – सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि उदयपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन शुरुवात गरेको छ । बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन उदयपुरमा शुरुवात गरेको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. गम्भीर झाले यस केन्द्रबाट पहिलो चरणमा ‘स्वर्ण विन्दु प...

सगरमाथा मल्टिस्पेशालिटी हस्पिटलद्वारा १ लाख ९३ हजार बराबर औषधि र राहत सामग्री बाढी प्रभावितलाई सहयोग

सगरमाथा मल्टिस्पेशालिटी हस्पिटलद्वारा १ लाख ९३ हजार बराबर औषधि र राहत सामग्री बाढी प्रभावितलाई सहयोग
उदयपुर- सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल गाईघाटले २ जना स्वास्थ्यकर्मी, औषधि र राहत सहितको टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको छ । हस्पिटल संचालनमा आएको करिव डेढ महिनामै सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ९३ हजार पाँच सय ३७ रुपैया बराबरको २४ कार्टुन औषधि र राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाएको हो । रसुवामा एक्कासी आएको बाढीले ठूलो विपत्ती सिर्जना गरेकोले शनिबार सगरमाथा मल्टिस्पेशालिटी हस...

उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा

उदयपुरको गाईघाटमै सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा सुविधा सम्पन्न अस्पतालको अभाव भएको समयमा निजी क्षेत्रको लगानीमा सुविधा सम्पन्न सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल प्रा.लि. आजबाज सञ्चालनमा ल्याइएको छ । कडा खाले रोग लागेमा वा कुनै दुर्घटना भएमा उपचारका लागि बिराटनगर धरान काठमाण्डौ लैजानु पर्ने अवस्थाबाट मुक्त हुन र बाहिर लगेर अत्यन्त महंगो उपचार गराउन नपर्ने गरी सगरमाथा मल्टीस्पेशालिटी हस्पिटल सञ्चालनमा ल्याइएको...

प्रशासनिक कर्मचारीको गैर जिम्मेबारीपनले उदयपुर जिल्ला अस्पताल संकटमा

प्रशासनिक कर्मचारीको गैर जिम्मेबारीपनले उदयपुर जिल्ला अस्पताल संकटमा
उदयपुर । कोशी प्रदेशकै उत्कृष्ट जिल्ला अस्पताल मध्ये एक मानिँदै आएको प्रादेशिक जिल्ला अस्पताल उदयपुर यतिबेला गम्भीर प्रशासनिक, आर्थिक र व्यवस्थापकीय संकटमा फसेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनको तयारीमा उत्रिएका छन् । अस्पतालमा अक्सिजन अभावदेखि लिएर आधारभूत परीक्षण सेवा प्रभावित भएको, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले महिनौँदेखि भत्ता नपाएको र बिरामी सेवासमेत प्रभावित हुन थालेको भन...

जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, विरामी तान्न निजीको अफरै अफर

जिल्ला अस्पताल उदयपुरमा एक्स–रे सेवा बन्द, विरामी तान्न निजीको अफरै अफर
उदयपुर । प्रादेशिक जिल्ला अस्पताल उदयपुरमा एक सातादेखि एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामी तथा सेवाग्राहीहरू समस्यामा परेका छन् । अस्पतालमा एक्स–रे सेवा उपलब्ध नहुँदा दुर्घटना तथा हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामीहरू निजी अस्पताल वा जिल्लाबाहिरका स्वास्थ्य संस्थामा जान बाध्य भएका हुन् । जिल्लाकै प्रमुख सरकारी स्वास्थ्य संस्था मानिने प्रादेशिक जिल्ला अस्पतालमा एक्स–रे सेवा अवरुद्...

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन
१० वर्षमुनीका बालबालिकालाई विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले निःशुल्क उपचार गर्ने उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले एकै साथ तीन कार्यक्रम आयोजना गरेको छ । निःशुल्क स्वास्थ्य शिविर, विज्ञान, कला प्रदर्शनी तथा खाना परिकार मेलाको आयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाका विद्यार्थी तथा अभिभावकलाई निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । स्ट्याण्डर्ड भिजन एकेडेमीको आयोजना,...

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव

उदयपुरमा डेंगुका बिरामी बढे, परीक्षणका लागि किट अभाव
उदयपुर । उदयपुरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुु संक्रमणका बिरामीको संख्या दिनानु दिन बढेको छ । हालसम्म जिल्लामा ५१ जना डेंगुका विरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । २२० जनालाई चेकजाँच गर्दा ५१ जनामा डेंगू देखिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका फोकल पर्सन लौकाजी राईले जनाएको छ । त्रियुगा र बेलका नगरपालिकामा २१÷२१ जनामा डेंगू देखिएको छ भने चौदण्डीगढी नगरपालिकाम...

हुरेण्डेकले लगाउन लगाएको कोरोना क्लिनिकल ट्रायल खोपले सुन्दर मलिकको मानसिक सन्तुलन गुम्ने डर

हुरेण्डेकले लगाउन लगाएको कोरोना क्लिनिकल ट्रायल खोपले सुन्दर मलिकको मानसिक सन्तुलन गुम्ने डर
उदयपुर - चिनिया कम्पनीले उत्पादन गर्न खोजेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) खोपले त्रियुगा नगरपालिका १ हाटखोला जोगिदहका २८ वर्षिय सुन्दर मलिक डोमको मानसिक सन्तुलन गुम्ने खतराको चरणमा पुगेको छ । सिएचओ सेल नामक खोप अहिले परीक्षणकै क्रममा रहेको छ । सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल खोपले सुन्दरको मानसिक सन्तुलन गुमेक...

हुरेण्डेकले ३ हजार दिँदै ३ हजार उदयपुरेको ज्यानसँग खेलवाड गर्दै, एक गम्भिर

हुरेण्डेकले ३ हजार दिँदै ३ हजार उदयपुरेको ज्यानसँग खेलवाड गर्दै, एक गम्भिर
सुखिलाल चौधरी, उदयपुर - उदयपुरको एक गैरसरकारी संस्थाले विपन्न गरिव, निमुखालाई ललाई फकाई कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्राइल (प्रयोगशाला परीक्षण) गराउने गरेको तथ्य बाहिरिएको छ । नीया कम्पनीले उत्पादन गरेको सिएचओ सेल नामक कोरोना भ्याक्सिनको तेस्रो चरणको खोप परीक्षण उदयपुरका गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालले विपन्न जनतालाई ललाई फकाई ३ हजार रकम दिए...