गाईघाटमा चोरीको घटना बढ्दो
उदयपुर/माथिका ६ चोरीका प्रतिनिधि घटनाले सदरमुकाम गाईघाटका प्रहरीलाई कुरी–कुरी गरिरहेको छ । १० महिनाको अन्तरालमा करिव एक दर्जन भन्दा बढीको धनमाल चोरी हुँदा पनि चोर पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धान गर्ने शैलीमाथि प्रश्न खडा भएको छ ।
माघ १६ गते त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा एकै दिन तीन पसल चोरी भयो । पहिलो पवित्रा मोबाईल सेन्टरबाट ४० हजार, दोस्रो कुमार किराना पसलबाट ७४ हजार पाँच सय...











