बेलकामा थप एक जना कोरोना संक्रमित, उदयपुरमा संक्रमितको संख्या ११४ पुग्यो
उदयपुर । जिल्लाको बेलका नगरपालिकामा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिका ५ का ४८ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित एक हप्ता अगाडी भारतको पंजाबबाट आएर क्वारेन्टाईनमा बस्दै आएको थियो । उनी सहित १४ जनाको यहि भदौ १९ गते नमुना स्वाव संकलन गरी परिक्षणको लागि कोशी अस्पताल विराटनगर पठाएकोमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरका प...










