कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन

कटारीको बसेरी स्वास्थ्य चौकी भवन उद्घाटन
उदयपुर / कटारी नगरपालिका १२ स्थित बसेरी स्वास्थ्य चौकी भवनको एक कार्यक्रमको विच उद्घाटन भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालयको सहयोगमा बनेको स्वास्थ्य चौकी भवनको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । २०६९ साल चैत ३२ गते शिलान्यास भएको शौचालय सहित २७ कोठे भवन २ करोडको लागतमा निर्माण भएको हो । २०५३ सालमा स्थापना भएको उप स्वास्थ्य चौकी स्थापना भएको ५ बर्ष सम्म उच्च म...

साढे १० केजी गाँजा सहित एक जना पक्राउ

साढे १० केजी गाँजा सहित एक जना पक्राउ
उदयपुर / उदयपुरमा साढे १० केजी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका ३ भोर्लेनीबाट प्रहरीले लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका ३ भोर्लेनीमा चेक जाँच गर्ने क्रममा फत्तेपुर तर्फ गईरहेको को. ३२ प ३८५४ नम्बरको मोटरसाईकलमा सवार भोजपुर आमचौक गाउँपालिका ७ बस्ने बर्ष २२ को तुलसी राईलाई...

क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल

क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल
रिता राउत, उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका ९ का बिदुर दनुवार आजभोली छोरा छोरीलाई एकोहोरो हेर्दाहेर्दै आँखा कत्तिखेर आँशुले पुरिन्छ उहाँलाई पत्तै हुदैन । क्यान्सले थलिएका दनुवार आफ्ना छोरा छोरीलाई हेर्दै आँशु बगाउँदै दिनचर्या विताई रहेका छन् । विगत एक वर्षभन्दा बढी समयदेखि निरन्तर रुपमा भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराउदै आएका दनुवारले आफ्नो उपचार गराउँदा गराउँदै लाखौ ऋण परिसकेको बताए । उ...

होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट गुणस्तरहीन, खरिद–विक्रीमा रोक

होङ्सी, शुभश्री जगदम्बा र गणपति सिमेन्ट गुणस्तरहीन, खरिद–विक्रीमा रोक
काठमाडौं / मापदण्ड विपरित सिमेन्ट विक्री गर्ने विभिन्न सिमेन्ट उद्योगमाथि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही अघि बढाएको छ । गुणस्तरहिन सिमेन्ट विक्री गरी उपभोक्ता ठगी गरेको र भवन जोखिममा पार्ने काम गरेको भन्दै विभागले होङ्सी अर्थात शिवम, गणपति, शुभश्री जगदम्बा लगायका सिमेन्टमाथि कारबाही अघि बढाएको राजधानी दैनिकमा समाचार छापिएकोे छ । विभागले अत्याधिक गुणस्तरहिन भेटिएपछि गणपति सिमेन्ट विक्री...

बाढीबाट विस्थापितलाई न्यानो कपडा

बाढीबाट विस्थापितलाई न्यानो कपडा
मोरङ / पुर्वी मोरङको रतुवामाई नगरपालिका ३ का अशक्तलाई न्यानो लत्ता कपडा वितरण गरिएको छ । गत असारमा आएको भिषण वर्षाले २१ घर बगरमा परिणत भएको थियोे । सो स्थानका स्थानीय विस्थापित अहिलेपनि पालमा बस्न बाध्य भएका छन् । उनीहरूलाई विश्व उल्टो मोटरसाईकल यात्री तथा संचारकर्मी चित्रकुमार कार्की र इन्जिनियर चुडामणि कार्कीले न्यानो लत्ताकपडा वितरण गरेका हुन । समाजसेवी कृष्ण कार्कीले २१ घर मध्ये अति विपन्न अप...

चैनपुरको पोल्टामा लाखे प्रतियोगिताको उपाधी

चैनपुरको पोल्टामा लाखे प्रतियोगिताको उपाधी
उदयपुर / प्रदेश नम्बर १ स्तरीय लाखे प्रतियोगिताको उपाधी नेवा देय दवु चैनपुरले जितेको छ । गाईघाटमा आयोजित प्रदेश स्तरीय पहिलो उदयपुर खाना परिकार तथा लाखे महोत्सवमा लाखे प्रतियोगिताको उपाधी चैनपुरले चुमेको हो । जिल्ला होटल व्यवसायी संघ उदयपुर र झिगु नेवाः पुचको संयुक्त आयोजनामा पुस १ गतेबाट सूरु भएको महोत्सवको आठौ दिन लाखे प्रतियोगिता भएको थियो । उपाधी विजेता चैनपुरले ५१ हजार नगद सहित ट्रफि, मायाको ...

सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा आगजनी

सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा आगजनी
उदयपुर / सौर्य सिमेन्ट उद्योगको उदयपुरस्थित खानीमा रोकेर राखेको ट्यांकरमा गएराति आगलागी हुँदा ट्यांकरको तेल र २ स्काभेटर जलेर क्षति पुगेको छ । जिल्लाको कटारी नगरपालिका ८ गालटारस्थित सिमेन्टको चुनढुंगा खानीमा रोकेर राखेको ना.१ क ८९७७ नं. को ट्यांकरमा मध्यराति भएको आगलागीबाट करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खानीमा डिजेलसहितको रोकिराखेको ट्यांकरमा आगलागी हुँदा ट्यांकरमा...

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन

उदयपुर कारागारमा पहिलो पटक हाउस वाइरिङ तामिल सञ्चालन
उदयपुर /जिल्ला कारागार गाईघाटका कैदी बन्दीहरुका लागि पहिलो पटक तीन महिने हाउस वाइरिङ तालिम शुक्रवारबाट सुरु गरिएको छ । घरेलु तथा साना उद्योग बिकास समिति उदयपुरले कैदी तथा बन्दी जिवन बिताई राखेकाहरुका लागि पहिलो पटक यस्तो तालिम सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले तालिमपछि मात्र सिपयुक्त हुने भएकाले हरेक मानिसले सिप सिक्न सके स्वारोजगार बन्न मद्दत पुग्ने त...

उदयपुरमा प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट

उदयपुरमा प्रहरीद्वारा अवैध गाँजा खेती नष्ट
उदयपुर / उदयपुरको पश्चिमी पहाडी ताप्ली गाउँपालिकामा अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव निरीक्षक गोविन्दलाल कर्णको नेतृत्वमा खटिएको ११ र शसस्त्र प्रहरीका १० जनाको प्रहरीको टोलीले गाजाँ फडानी गरी जलाएर नष्ट गरेको हो । यसै साता ताप्ली गाउँपालिका पुगेको टोलीले वडा नम्बर २ तामाखर्कमा ७ सय वोट, वडा नम्बर ५ रामपुर र थुम्कीमा १२०० वोट, वडा नम्बर १ पिपल भन्ज्य...

स्थानीयद्वारा जिल्ला प्रशासनलाई ज्ञापन पत्र र नापी शाखा कार्यालयमा प्रदर्शन

स्थानीयद्वारा जिल्ला प्रशासनलाई ज्ञापन पत्र र नापी शाखा कार्यालयमा प्रदर्शन
उदयपुर / नापी शाखा कार्यालय उदयपुरका कर्मचारीले एउटा ब्यक्तिको घर जग्गा अर्कै ब्यक्तिका नाममा नक्सा तयार पारी नयाँ कित्ता कायम गरेर साविक घर धनिलाई उठिबास गराउन लागेकोले न्याय पाउ भन्दै उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित दुर्गाटोलका स्थानीयले बुधवार जिल्ला अदालतमा धर्ना तथा नापी शाखा कर्यालयमा नारा जुलुस सहित प्रदर्शन गरेका छन । साविक त्रियुगा नगरपालिका– ३ स्थित गाईघाट ३ क को कित्ता नम्बर ९९५ ई...