मासवेसको १५ औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न
उदयपुर, मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरको गौरवमय १५ औं वार्षिक उत्सव तथा साधारणसभा बुधबार सम्पन्न भएको छ । ‘सहन नपरोस हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार ।’ भन्ने मूलनारासाथ मासवेसको आफ्नै कार्यालयमा १५ औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले मासवेसले उठाएको महिल...













