उदयपुरका सडक असुरक्षित बन्दै, ७ महिनामा ८३ दुर्घटना २८ को मृत्यु (२५ फोटो फिचर)
उदयपुर । चालु आर्थिक वर्ष ७ महिनाको अवधिमा उदयपुरमा साना ठूला दुर्घटना गरी ८३ वटा घटना घटेको छ । ७ महिनाको अवधिमा ८३ वटा दुर्घटनामा परी २८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार अहिलेसम्म ८३ वटा साना ठूला दुर्घटनामा गरी २८ जनाको ज्यान गएको देखिन्छ ।
उदयपुरमा सवै भन्दा बढी ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्क देखाउँछ । ट्रयाक्टर दुर्घटनामा १० जनाको ज...













