कोदालो प्रहारबाट मिलन राईको मृत्यु

कोदालो प्रहारबाट मिलन राईको मृत्यु
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ डाँडाखर्क बस्ने १९ वर्षीय बिशाल भन्ने मिलन राईको छिमेकीको कोदालो प्रहारबाट मृत्यु भएको छ । विहिबार राति १० बजेको समयमा स्थानीय २४ वर्षीय पवन राई समेतले कोदालोको पासो प्रहार गर्दा मिलनको मृत्यु भएको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले पवन राई लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पूर्वसभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा मुद्धा दर्ता

पूर्वसभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा मुद्धा दर्ता
काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको हो । उनलाई हिरासतमै फर्काइएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । विहिबार महरा विरुद्ध मुद्दामात्र दर्ता भएको छ । समय अभावले थुनछेक बयान र बहस भने ...

ब्राउन सुगर सहित चार जना पक्राउ

ब्राउन सुगर सहित चार जना पक्राउ
सिरहा । सिरहामा ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नरहा गाउँपालिका ३ बाट अवैध लागूऔषध ब्राउन सुगर २ सय मिलीग्राम बराबरको १ पोका, नगद २ हजार २ सय रुपैयाँ र मोबाइल २ थान सहित दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका १० बस्ने २० वर्षीय रोशन कुमार यादव र २० वर्षीय सन्जित कुमार यादव रहेका छन् । यसैगरी गोलबजार नगरपालिका १० बाट सन्जित मुखिया र २१ ...

विराटनगरको विराट नर्सिङ होममा बच्चा र आमाको मृत्यु

विराटनगरको विराट नर्सिङ होममा बच्चा र आमाको मृत्यु
विराटनगर । विराट नर्सिङ होममा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा धर्ना दिएका छन । डेलिभरी गर्ने गएकी दुहवीकी २१ बर्षिय रमिला कार्कीको नर्सिङ होमको लापरवाहीले मृत्यु भएको भन्दै धर्ना दिएका हुन ।अस्पतालमा लापरवार्हीकै कारण बच्चा र आमाको मृत्यु भएको भन्दै अस्पतालमा अहिले आफन्तहरुले धर्ना दिईरहेका छन । विरामीका आफन्त विकास कार्की भने डाक्टरहरुले अहिले सम्म पनि मृत्यु भ...

कृष्णनगरमा कर्फ्यू उल्लंघन गर्ने माथि प्रहरीले गोली चलायो, एकको मृत्यु

कृष्णनगरमा कर्फ्यू उल्लंघन गर्ने माथि प्रहरीले गोली चलायो, एकको मृत्यु
कपिलवस्तु । लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका २ का सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर ब...

शान्तिधाम संचालनार्थ २० लाख ५५ हजार बराबरको अक्षय कोष स्थापना

शान्तिधाम संचालनार्थ २० लाख ५५ हजार बराबरको अक्षय कोष स्थापना
उदयपुर । उदयपुरको शान्तिधाम परिषरमा कात्तिक १ गतेदेखि ८ गतेसम्म भएको श्रीमद् भागवत महापुराण पितृमुक्ति सप्ताह ज्ञान महायज्ञको आय व्याय सार्वजनिक गरेको छ । महापुराणबाट उठेको रकम मध्ये २० लाख ५५ हजार ५ सय ५५ रुपैया बराबरको शान्तिधाम संचालनार्थ अक्षय कोष स्थापना गर्ने समितिले निर्णय गरेको छ ।महापुराणमा भेटी,अक्षयकोष, विभिन्न पूजाकर्म तथा आफन्तजनको स्मृतिमा प्रदान गरेको रकमसहित ३२ लाख ३५ हजार ५ सय ५९ ...

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

उदयपुरमा मोटर साइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
उदयपुर । उदयपुरको जलजले–मुर्कुची सडकखण्डको चुहाडेमा बुधबार साँझ ५ बजेको समयमा सडक दुर्घटनामा एक युवाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । तिब्रगतिमा कुदेको स.२ प ८७८२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लड्दा सिरहाको सुखिपुर नगरपालिका ७ का ३० वर्षिय अभिनान ठाकुरको ज्यान गएको हो । मोटरसाईकलको पछाडि सवार ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो...

उदयपुरमा चर्च भवन सहित दुई घरमा आगलागी

उदयपुरमा चर्च भवन सहित दुई घरमा आगलागी
उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगडाको सगरमाथा विकास टोलमा बुधबार साँझ चर्च भवन सहित दुई घरमा आगलागी भएको थियो । एक चर्चको भवन, दानबहादुर परियार र मनकुमारी राईको घरमा आगलागी हुँदा करिव ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीले दिएको जानकारी अनुसार दानबहादुरको घरबाट सुरु भएको आगो मनकुमारीको घर हुँदै चर्चमा पुगेको थियो । ...

तराईमा छठ पर्वको चहलपहल सुरु,मुख्य विधि बिहीबारदेखि

तराईमा छठ पर्वको चहलपहल सुरु,मुख्य विधि बिहीबारदेखि
काठमाण्डौं । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि बिहीबारदेखि सुरू हुँदैछ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर...

उदयपुरमा कुखुराको खोरबाट जुहाडे राउत सहित ७ जना तास खेलाडी पक्राउ

उदयपुरमा कुखुराको खोरबाट जुहाडे राउत सहित ७ जना तास खेलाडी पक्राउ
उदयपुर । उदयपुरमा कुखुराको खोरमा तास खेलिरहेको अवस्थामा जुहाडे राउत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति ११ बजेको समयमा त्रियुगा नपा ७ चुहाडे कालीखोला स्थित डिल्लीशेर राई को कुखुराको खोरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ चुहाडे कालिखोला बस्ने बर्ष ४५ वर्षिय जुहाडे राउत, सोही ठाउँका ३४ वर्षिय पेसल राउत, ३९ वर्षिय डिक बहादुर कार्...