नारदमुनि गोल्डकप : मोरङलाई हराउँदै डिसिटी फाइनलमा प्रवेश
उदयपुर/उदयपुरमा जारी ‘चौदण्डीगढी नारदमुनि गोल्डकप प्रतियोगिता ०७५’ मा डिसिटी सुनसरी टिम फाइनलमा पुगेको छ । आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा टाइब्रेकरमा बिपक्षी समूह मोरङ ११ लाई ४–२ गोल अन्तरले पराजित गर्दै डिसिटी सुनसरी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
निर्धाति ९० मिनेटको समयमा दुवैपक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा डिसिटीका सन्तोष तामाङ, युवराज राई, रा...








