उदयपुर/निजी तथा आवसीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्स) त्रियुगा नगर समितिको अध्यक्षमा लक्ष्यजङ्ग ज्यु ठकुरी सर्वसहमत चयन भएका छन् ।
शनिबार सदरमुकाम गाईघाटमा भएको प्याब्सन नगर समितिको प्रथम अधिवेशनले एभरग्रिन बोडिङ्ग स्कुल मोतिगडाका सञ्चालक ठकुरीको नेतृत्वमा सात सदस्य समिति चयन गरेको हो ।
समितिको सचिबमा प्रकाश पौड्ेल खत्री, कोषाध्यक्षमा नविन राई, सदस्यहरुमा विमल कार्की, ओमबहादुर खड्का, उर्मिला राई र लोकनाथ भट्टराई रहेको प्याब्सन जिल्ला सचिब भुपध्वज रायमाझीले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले त्रियुगा नगर क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए । उनले निजी र सरकारी दुबैलाई विना भेदभाव नगर क्षेत्रको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विशेष योजना बनाएर सहयोग गर्ने बताए ।
मेयर चौधरीले अहिलेको आबश्यकता प्राविधिक, व्यवहारिक र जीवनउपयोगी शिक्षा भएकाले त्यसलाई मुलमन्त्र बनाएर निजी बिद्यालयहरुले पनि शैक्षिक क्यालेण्डर बनाउनु पर्ने धारणा व्यक्त गरे । उनले पुरातन शिक्षण बिधीकाकारण देशमा वेरोजगारको संख्या दिनानुदिन बढ्दै गएको दृष्टान्त सुनाउँदै प्राविधिक शिक्षामा जोडदिँदै स्वदेशमै रोजगार मिल्ने खालको शिक्षा आबश्यकता रहेको बताए ।
कार्यक्रममा प्याव्सनका केन्द्रिय सदस्य गौरीशंकर उदास, प्याव्सनका प्रदेशनं १ का सहसचिब किशोर ताम्राकार, जिल्ला अध्यक्ष जनक कार्की, सल्लाहकार प्रकाश बस्नेत, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, प्याव्सन चौदण्डी नगर समितिका अध्यक्ष शुशिल प्रधानले शुभकामना दिएका थिए ।
वक्ताहरुले गुणस्तरीय शिक्षाले मात्र देश विकास र समृद्ध बन्ने भएकाले गुणस्तरीय शिक्षाका लागि कुनै कसर बाँकी नराख्न सुझाब दिएका थिए । उनीहरुले शैक्षिक समानताका लागि प्याब्सनले आफ्ना मातहतका सबै बिद्यालयहरुसँग समन्वय गरी अघि बढ्नु पर्ने सुझाब दिए ।

तपाईको प्रतिक्रिया