बुद्ध जयन्तीको दिन हजारौं बलि दिइन्छ राजदेवी मन्दिरमा
लहान । शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शान्तिका लागि विभिन्न कार्यक्रम गरिने भएपनि सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी मन्दिरमा भने हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला लागेको छ।
थारु समुदायको बाहुल्य रहेको गाउँको बीचमा रहेको मन्दिरमा बुद्ध जयन्तीकै दिन बैशाखे पूर्णिमामा पशुपक्षीको बलि दिइने गरिन्छ। राजदेवी मन्दिर बाराको गढीमाई म...













