सुनकोशी नदीमा ३ बालबालिका डुबेर बेपत्ता
उदयपुर / उदयपुर र खोटाङबीच भएर बग्ने सुनकोशी नदीमा पौडी खेल्न गएका ३ बालबालिका आईतबार डुबेर बेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ साउने बजारका एक बालिका र २ बालक पौडी खेल्ने क्रममा दिउँसो २ः३० बजेदेखि बेपत्ता भएका हुन् ।
वडाध्यक्ष हिमराज मगरका अनुसार होली खेल्दै गएका उनीहरु धाब्लाङस्थित सुनकोशी नदी किनार पुगेर पौडी खेल्दै थिए । खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरु अहिलेसम्म फेला परेका छैनन्...













