द्वन्द्वकालको घाउ बल्झियो, उपचार खोज्दै सदरमुकाम
उदयपुर / तत्कालिन माओवादी र सरकार विचको सशस्त्र द्वन्द्वको समयमा प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै हिँडेका छन् । जनयुद्धको क्रममा ०५६ साल दसैंताका प्रहरी नियन्त्रणमा परी १ महिना लामो कठोर यातना भोग्न बाध्य ४१ वर्षीय लिमचुङबुङ ४ बलम्ताका टिकावीर राई त्यसबेलाको घाउ बल्झेर सताउन थालेपछि उपचार र राहतको आसामा सदरमुकाम बरालिईरह...













