कटारी / उदयपुरको कटारी ४ मरुवामा गएराति १ बजे प्रहरीले स्थानियहरुलाई हातपात गर्नुका साथै अश्लिल र अपशब्द वोल्दै ज्यादती गर्दै लाठी चार्ज गरेको भन्दै स्थानियले प्रहरी विरुद्ध नाराबाजी गरिरहेका छन् ।
कसमस सिमेन्टका लागि चुनढुँगा ढुवानी गर्ने ट्रिपर गाउँबाट चल्दा धुलो उड्ने राति ध्वनि प्रदुषण हुने भएकाले ट्रिपर नचलाउन आग्रह गरिरहेका स्थानियलाई ईलाका प्रहरी कार्यालय कटारीका डिएसपी धु्रबकुमार श्रेष्ठको नेतृत्वमा गएको टोली एक्कासी गुण्डागर्दी शैलीमा कुटपिट गरेको स्थानिय रिशब पौडेलले बताए ।
मध्यराति १ बजे मादक पदार्थ सेवन गरी पुगेका डिएसपी सहितको टोलीले एक्कासी स्थानीय माथि अपशब्द अश्लिल गालि गर्दै महिलाहरुमाथि कुटपिट गरेको स्थानियको आरोप छ ।
‘चाडपर्वको बेला टिपर संचालन नगर्ने सहमति विपरित टिपर संचालन गरेपछि कसमस सिमेन्ट र स्थानीयबीच विवाद थियो,’ पौडेलले भने, ‘गएराती स्थानीयले त्यही रोकिएको टिपर खुलाउने गएको प्रहरीले गोली हान्छु, मार्छु भन्दै लाठ्ठी चार्ज गरेर महिलामाथि हातपात गरेको हो ।’ प्रहरीको लाठ्ठी चार्जले कटारी नपा ४ मरुवा खोलकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले बताए । ‘प्रहरीले रक्सी खाएर गएर राती रोकेको टिपर खुलाउने वाहानामा स्थानीय महिलामाथि कुटपिट गरी घाइते बनाए छ,’ उनले भने, ‘कसमर सिमेन्ट र स्थानीयबीच विवाद थियो, महिलाहरुको ढाड, टाउको र पिडुँलामा लाठी हानि कपडा च्यातिदिँदै प्रहरीले गालीगौज ग¥यो ।’

कुटपिटबाट घाईते भएकाहरुको कटारी अस्पत्तालमा उपचार पछि घर फर्किएको स्थानीय अनिल थापाले बताए ।
कुटपिट पछी अस्पत्ताल आईपुगेका गाउँलेले राति नै कटारी बजारमा प्रहरी विरुद्ध चर्को नाराबाजि गरेका थिए । यता डिएसपी श्रेष्ठले भने राष्ट्रिय राजमार्गमा सवारीसाधनमाथि रोक लगाउन नपाईने भएकाले हटाउने क्रममा सामान्य विवाद भएको बताउनुभयो ।कसमस सिमेण्टको ट्रिपर विरुद्ध आन्दोलन गर्दा रातारात गाउँमा एक्कासी प्रहरी दादागिरी शैलीमा कुटपिटमा उत्रिएको स्थानियले बताएका छन् ।
प्रहरीले ज्यादती गरेको भन्दै विरोधमा उत्रिएका कटारीबासीले सिद्धिचरण लोकमार्ग बन्द गराएका छन् । स्थानीयले राखेको पहिलो शर्तमा प्रहरीले माफी माग्नुपर्नेमा प्रहरीले नमानेपछि सडक बन्द गराएका हुन् ।
यधपि जनप्रतिनिधि, स्थानीय प्रशासन, उद्योग र स्थानीयबीच सहमतिका लागि वार्ता जारी रहेको वडाध्यक्ष कृष्ण दनुवारले बताए । उनले भने, ‘स्थानीयको आक्रोस छ, प्रहरी आफै गल्ती गर्ने, माफी पनि नमाग्ने, शर्त मान्नुपर्ने हाम्रो पहिलो अडान हो, नत्र आन्दोलन जारी रहन्छ ।’
‘वार्ताद्धारा समस्याको समाधान गर्नुपर्नेमा डीएसपी आफै मदिराले लठ् भएर उद्योगसँग मिलेमत्तो गरी जनतामाथि अन्धाधुन्द लाठी चार्ज गर्ने, अनी हामी चुपचाप सहेर बस्नुपर्ने ज्याजतीविरुद्ध दनुवारले भने, ‘हाम्रा केही माग छन्, समाधान नभएसम्म निकास निस्कदैन् ।’
स्थानीयको अवरोधपछि सिद्धिचरण लोकमार्गको मिर्चैया–कटारी–घुर्मी सडकखण्ड ठप्प भएको छ । शनिबार राति मध्यरातमा प्रहरीले महिला तथा अन्य सर्वसाधरणमाथि अन्धाधुन्द लाठी चार्ज गरेको भन्दै उदयपुरको कटारी नगरपालिका ४ मरुवाका स्थानीय रातिदेखि नै प्रहरीविरुद्ध प्रर्दशन जारी राखेका छन् ।









