उदयपुरमा गाईको पुच्छरमा बाँधिएको बालकलाई घिसार्दा मृत्यु
उदयपुर । उदयपुरमा एक बालकलाई गाईको पुच्छरमा बाँधिएको अवस्थामा गाईले घिसारेर मृत्यु भएको छ । गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अबस्थामा गाईले घिसार्दा मृत्यु भएको छ । कटारी नगरपालिका ८ थलियाका लिल बहादुर मगरका छोरा ५ वर्षिय आयुष मगरको गाईले घिसारेर मृत्यु भएको हो ।
बालक शनिवार साथीहरुसंग गोठालो गएका थिए त्यही वेला उनका साथी १२ वर्षका दिवस मगरले आयुसको कम्मरमा डोरिले कसेर गाईको पुच्छर...













