त्रियुगामा वार्षिक एक अर्व १५ करोड रुपैया रेमिट्यान्स भित्रियो, मिटर व्याजीको ऋण तिर्न २५ प्रतिशत रकम खर्च

त्रियुगामा वार्षिक एक अर्व १५ करोड रुपैया रेमिट्यान्स भित्रियो, मिटर व्याजीको ऋण तिर्न २५ प्रतिशत रकम खर्च
गाईघाट । त्रियुगा नगरपालिका क्षेत्रमा वैदेशिक रोजगारीबाट बार्षिक रुपमा एक अर्ब १५ करोड रुपैया रेमिट्यान्स भित्रिने गरेको एक तथ्याङ्कले देखाएको छ । मंगलबार सुरक्षित आप्रावसन सम्बन्धि संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । पछिल्लो तथ्याङ्क अनुसार त्रियुगा नगरपालिका क्षेत्र भित्रका चार हजार एक सय ११ घरधुरी विदेशिएको छ । ति आप्रवासी कामदारहरुबाट वार्षिक एक अर्व १५ क...

उदयपुर जिल्ला समन्वय समितिमा दुई प्यानलको उम्मेदबारी दर्ता (नामावली सहित)

उदयपुर जिल्ला समन्वय समितिमा दुई प्यानलको उम्मेदबारी दर्ता (नामावली सहित)
उदयपुर । जिल्ला समन्वय समितिको निर्वाचनमा उदयपुरमा तीन दलिय गठबन्धन र नेकपा एमालेको छुटाछुट्टै प्यानलले उम्मेदबारी दर्ता गराएका छन् । तीन दलिय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी (नेकपा एस) का गौर बहादुर विश्वकर्माले प्रमुख पदमा उम्मेदबारी दिएका छन भने उपप्रमुखमा नेपाली काँग्रेसको तर्फबाट तेज प्रसाद गिरीले उम्मेदबारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेले इन्द्र राज कार्कीले प्रमुख र हेम कुमा...

उदयपुर जिसस प्रमुखमा नेकपा एसबाट गौर बहादुरले मनोनय दर्ता गराए

उदयपुर जिसस प्रमुखमा नेकपा एसबाट गौर बहादुरले मनोनय दर्ता गराए
उदयपुर । उदयपुरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट गौर बहादुर विश्वकर्माले जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेदबारी दर्ता गराएका छन् । जिल्लाको मुख्य निर्वाचन कार्यालयको निर्वाचन तालिका अनुसार उदयपुरगढी गाउँपालिका ७ का उदयपुरगढी गाउँ कार्यपालिका सदस्य गौरबहादुर विश्वकर्माले समन्वय प्रमुखमा उम्मेदबारी दर्ता गराएको हो । केन्द्रीय गबन्धन अनुसार जिसस उदयपुरको संयोजक नेकपा एसको भागमा परेको छ भ...

उदयपुरमा बोलेरो दुर्घटनामा कुमार बस्नेतको मृत्यु

उदयपुरमा बोलेरो दुर्घटनामा कुमार बस्नेतको मृत्यु
गाईघाट - उदयपुरमा मदन भण्डारी राजमार्ग अन्तर्गत भातिखर्कमा बोलेरो दुर्घटनामा सोमबार साँझ कुमार बस्नेतको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १३ ढिक बस्ने ५२ वर्षिय कुमार बस्नेतको बोलेरो दुर्घटनामा मृत्यु भएको हो । बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा ९ च ३८४६ नम्बरको बोलेरो अन्दाजी साँझ ६ः१५ बजे त्रियुगा नगरपालिका १३ भातिखर्क नजिक आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लिला...

चट्याङले बेहोस बालकको होस खुल्यो

चट्याङले बेहोस बालकको होस खुल्यो
उदयपुर - चट्याङको आवाजले शनिबार विहान बेहोस् भएका बालकको होस खुलेको छ । सुनिरहेका बेला परेको चट्याङको आवाजले बेहोस भएका उदयपुृरगढी गाउँपालिका ४ डुम्रेका १४ वर्षीय इन्द्र थापामगरको उपचारको क्रममा होस खुलेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार विहान ३ः४५ बजे वर्षासँगै चट्याङ पर्दा त्यसको आवाजले इन्द्र ओछ्यानमै बेहोस भएका थिए । उनलाई उपचारार्थ जिल्ला अस्पताल गाईघाटमा ल्याइएको थिय...

उदयपुरगढी ढुंग्रेका किसानले उत्पादन गरेको आलु विक्रीको लागि बजारसम्म पुर्याउन समस्या

उदयपुरगढी ढुंग्रेका किसानले उत्पादन गरेको आलु विक्रीको लागि बजारसम्म पुर्याउन समस्या
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–४ ढुंग्रेमा व्यवसायिक रुपमा उत्पादित आलु विक्रीको लागि बजारसम्म पुर्याउन समस्या परेको छ । ढुंग्रेका किसानका उत्पादित आलु बजारसम्म पुर्याउन ढुवानीमा समस्या भएको छ । अन्य खाद्यन्न बालीको खेती त्याग्दै व्यवसायिक रुपमा आलु उत्पदनमा जुटेका किसानलाई उत्पादन गरेको आलु बजारसम्म पु¥याउन जीर्ण सडक हुँदा बजारसम्म पुर्याउन ढुवानीमा समस्या भएको हो । उक्त क्षेत्रका किसानह...

उदयपुरमा प्रहरीको गुनासो पेटीमा वडा सचिवले सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको गुनासो

उदयपुरमा प्रहरीको गुनासो पेटीमा वडा सचिवले सेवाग्राहीलाई राम्रो व्यवहार नगरेको गुनासो
गाईघाट । नेपाल प्रहरीलाई जनमैत्री वनाउँदै अपराध नियन्त्रण र शान्ति सुरक्षामा प्रभावकारीता ल्याउने उदेद्दयले हरेक वर्ष नयाँ–नयाँ कार्यक्रमहरु आईरहेका छन् । गाउँ गाउँबाट सर्वसाधारणका गुनासो संकलन गर्ने र यथोचित गुनासो सम्वोधन गर्ने उदेश्यले उदयपुर प्रहरीले जिल्लाभरी ‘प्रहरी कार्य सम्बन्धि सुझाव तथा गुनासो पेटिका’को अवधारणा अगाडि ल्यायो । १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्याल...

त्रियुगा नगरपालिकामा पाँच वर्षमा ४७ कानुन बने

त्रियुगा नगरपालिकामा पाँच वर्षमा ४७ कानुन बने
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाद्धारा पाँच वर्षमा ४७ कानुन बनाएका छन् । निवर्तमान मेयर बलदेव चौधरी र उपमेयर देवी कुमारी चौधरीको कार्यकालमा ४७ वटा कानून बनाएका हुन् । त्यस मध्ये ८ वटा ऐन, ६ वटा नियमावली, २ वटा मापदण्ड, एक वटा आचारसंहिता, ४ वटा निर्देशिका र २६ वटा कार्यविधि गरी जम्मा ४७ कानुन बनेका छन् । त्रियुगा नगरपालिकाको प्रशासकिय कार्यविधि नियमित गर्ने ऐन, संस्था दर्ता सम्बन्धी ऐन, विपद ज...

पूर्व श्रीमानद्वारा छुरा प्रहार, आफु पनि घाइते

पूर्व श्रीमानद्वारा छुरा प्रहार, आफु पनि घाइते
उदयपुर । उदयपुरमा छुरा प्रहारबाट दुई जना घाइते भएका छन् । त्रियुगा नगरपालिका १ फुलजोर स्थित किराना पसल गरी बस्ने सहरमान राईको श्रीमति ४३ वर्षिय सिर्जना राई छुरा प्रहारबाट घाइते बनाएकी छिन् । अर्का छुरा प्रहार गर्ने कटारी नगरपालिका ६ रिस्कु बस्ने ४५ वर्षिय राम कुमार सुर्खेती पनि घाइते भएका छन् । एक्कासी सुर्खेती आई घरमा बसिरहेकी सिर्जना राईसँग बादविवाद गरी आफैले बोकी ल्याएको छुरा प्रहार गरि घाइते ...

उदयपुरमा ४ जना कालाजारको रोगी फेला

उदयपुरमा ४ जना कालाजारको रोगी फेला
उदयपुर । तराईका जिल्लामा देखिने कालाजार रोग उदयपुरमा पनि देखा परेको छ । उदयपुरको त्रियुगा नगरपालिका, रौतामाई र ताप्ली गाउँपालिकामा गरी ४ जनामा कालाजारको रोगी देखा परेको छ । त्रियुगा नगरपालिका १२ डिएमगेटका १८ वर्षिय मो. सर्तार अलिमा देखा परेको छ । उनको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत्र महिनामै पुष्टी गरेको थियो । उनको अहिले उपचार भईरहेको स्वास्थ्य कार्यालय उदयपु...