त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायि तथा जवाफदेही बन्न नसकेको सत्तारुढ ६ दलको आरोप
गाईघाट - त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायी तथा जवाफदेही बन्न नसकेको सत्तारुढ दलको आरोप रहेको छ । आइतबार सत्तारुढ ६ दलले संयुक्त विज्ञप्ती जारी गर्दै त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायी तथा जवाफदेही बन्न नसकेको आरोप लगाएका छन् ।
आइतबार सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा माओबादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, काँग्रेस नगर सभापति प्रकाश खड्का, नेकपा एकीकृत समाजबादी नगर अध्...













