मेलमिलापमा क्षेत्राधिकार नाघेर गरेका निर्णयले वैद्यता नपाउने
उदयपुर । न्याय सम्पादन सम्बन्धि पछिल्लो समय केहि स्थानीय तहले क्षेत्राधिकार नाघेर काम गरिरहेको समाचार सञ्चारमाध्यमबाट बाहिर आईरहेको बेला सर्वोच्च अदालतका न्यायाधिश इश्वरप्रसाद खतिवडाले अधिकार क्षेत्रभन्दा बाहिर गएर गरेका निर्णयले वैद्यता नपाउने स्पष्ट पारेका छन् ।
मेलमिलाप परिषदले उदयपुरको सदरमुकाम गाईघाटमा बुधबार आयोजना गरेको मेलमिलाप सम्बन्धि अभिमुखिकरणमा बोल्दै न्यायाधिश खतिवडाले सिमा नाघेर गर...













