उदयपुर । राजधानीमा आइतबार भएका दुई विस्फोटमा मारिएका चार जना सबै आफ्ना कार्यकर्ता भएको नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेकपाले स्वीकार गरेको छ।
महासचिव विप्लवले सोमबार साँझ जारी गरेको विज्ञप्तीमा मारिएका सबै चार जना पार्टी कार्यकर्ता भएको र तीमध्ये एक जना लडाकु कमान्डर भएको उल्लेख छ। तर को चाहीँ लडाकु कमान्डर हो भन्नेबारे केही खुलाईएको छैन।









