प्रहरी र रवि समर्थकबीच झपड, ५ समर्थक पक्राउ (भिडियोसहित)
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछाने पक्राउपछि प्रहरी र उनका समर्थकबीच झडप भएको छ ।
लामिछानेको रिहाई माग गर्दै प्रदर्शनमा उत्रेका समर्थकलाई तितरबितर पार्नेक्रममा झपड भएको हो । प्रदर्शन नियन्त्रण गर्नेक्रममा प्रहरीले ५ जना समर्थकलाई पक्राउ गरेको छ ।
पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले लामिछानेसहित ३ जनालाई बिस्तृत अनुसन्धान थालेको छ । कुनै पनि व्यक्तिले मर्...













