उदयपुर । उदयपुरका वन क्षेत्रमा बर्सेनि सरकारी तथा गैरसरकारी कार्यालयले करोडौं बजेटमा विरुवा रोप्छन् । तर, संरक्षण र रेखदेख नहुँदा कागजमै सीमिति हुने गरेको छ । मोटो रकम खर्चेर भएका वृक्षारोपण कमै मात्र वनमा परिणत भएका उदहाहरणहरू छन् ।

नेपाली सेनाद्वारा उदयपुरको चुरे क्षेत्रमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा २०७४ साउन ११ गते त्रियुगा नगरपालिका ५ स्थित बुर्जाकान्ला र सन्यासी सामुदायिक वन क्षेत्रमा रोपेको २० हजार विरुवा मरेका हुन् ।
हालका प्रधानसेनापति पूर्णचन्द्र थापा त्यस बखत कामु प्रधानसेनापति हुँदा २० हजार हेक्टर क्षेत्रफलमा रोपेको २० हजार विरुवाहरू अहिले भेटिँदैन । सेनाले रोपेको बाँसका विरुवाहरु अहिले कहि कत्तै भएपनि फोटोमा मात्रै सीमित छ ।
वृक्षारोपण गरेपछि खाली डाँडा हरियालीमा परिणत हुने आश थियो । तर, विरुवा रोपेपछि गोडमेल, स्याहार सुसार र मलजल नभएकाले विरुवा मरेको स्थानीय ढक बहादुर भुजेलले बताए । ‘क्याम्प हालेर रोपेका थिए, एक पटक हेर्न आए,’ उनले भने, ‘रेखदेख र सिँचाइ नगर्दा सबै विरुवा मरे ।’ वृक्षरोपण गरिसकेपछि सामुदायिक वन समूह, नेपाली सेना तथा जिल्ला वन कार्यालयबाट उचित संरक्षण, गोडमेल, स्याहारसुसार र मलजल नहुनुको साथै कुन बाँस ल्याएर रोपेकोले मरेको अर्का स्थानीय नर बहादुर भुजेलको आरोप छ ।
उदयपुरमा नेपाली सेनाले रोपेको २० हजार विरुवा संरक्षण अभावमा मरे
नेपाली सेनाद्वारा उदयपुरको चुरे क्षेत्रमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा २०७४ साउन ११ गते त्रियुगा नगरपालिका ५ स्थित बुर्जाकान्ला र सन्यासी सामुदायिक वन क्षेत्रमा रोपेको २० हजार विरुवा मरेका छन् ।
Gepostet von Nagarik Bahas नागरिक बहस am Montag, 2. März 2020
अनि एक दिन वाताबरण दिवश भनेर विरुवा रोपेर सरकारी निकाय रोप्छ तर, वर्षौसम्म फर्केर नहेर्दा विरुवाहरु मरुभूमिमा परिणत भैसकेको हुन्छ । विरुवाको छनौटमा कमजोरी र गोडमेल नभएकाले विरुवा मरेको बुर्जाकान्ला सामुदायिक वन समूहका अध्यक्ष सूर्यबहादुर बस्नेत बताए ।
यस्तै शुक्रबार एक समारोहका विच उदयपुरको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल रौता पोखरीमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाका प्रधानसेनापती पूर्णचन्द्र थापाको उपस्तिथीमा सेनाले ६ हजार तीन समय विरुवा वृक्षारोपण गरिएको छ ।
नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तर्गत रणसाद्र्रुल गणको आयोजना तथा रौतामाई गाउँपालिकासंगको समन्वयमा वृक्षारोपणा गरिएको हो ।
सेनाले सेक्टर ए अन्तर्गत एक हजार तेजपात, सेक्टर बि अन्तर्गत ३ सय नास्पती, सेक्टर सि अन्तर्गत ब्लक १ मा टिमुर ५ सय, ब्लक २ मा ५०० टिमुर, ब्लक ३ मा टिमुर एक हजार, ब्लब ४ मा टिमुर एक हजार, ब्लक ५ मा एक हजार तेजपात र ब्लक ६ मा एक हजार तेजपात रोपिएको रणसार्दुल गण बोक्सेका सेनानी प्रकास घिमिरेले जानकारी दिए ।
विरुवा रोपण गरिएको क्षेत्रमा चरिचरण बन्द गर्ने गरी रौतामाई गाउँपालिकालाई हस्ताणतरन गरिएको छ ।









