उदयपुर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा स्थिर सरकार र स्थायी शान्ति नभएसम्म भौतिक विकासले फड्को मार्न नसक्ने बताएका छन् । मुख्यमन्त्री राईले उदयपुरको रौतामाई गाउँपालिका– ६ स्थित प्रसिद्ध पर्यटकीय स्थल रौता पोखरी परिसरमा नेपाली सेनाद्वारा आयोजित बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रवार सो बताएको हो ।मुख्यमन्त्रीका अनुसार अबको दिनमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन वटै सरकारले संघीयता कार्यान्वयनसँगै जनताका चाहाना र आवश्यक्ता अनुसारका विकास निर्माणका कामहरु गरेर देखाउने बेला आएको जानकारी दिए ।
हिजोको द्वन्द र केन्द्रिकृत शासन प्रणालीबाट गुज्रिएर आर्थिक विकासमा निकै पछि परेको नेपाललाई सभ्य र समृद्ध बनाउने सबैको सामुहिक दायित्व भएको बताउदै उनले विगतमा १० हजारको योजना ल्याउन सिंहदरवार धाउदा पनि नसकिने अवस्था थियो तर अहिले स्थानीय सरकार, अलि परको प्रदेश सरकार र त्यो भन्दा परको संघीय सरकारले करोडौको बजेट गाउँ गाउँमा पु¥याई रहेको छ ।
देश विकासको मेरुदण्ड भनेकै गाउँको विकास भएकोले ग्रामीण क्षेत्रको विकासमा प्रदेश १ को सरकार कटिबद्ध भएर लागि परेकोले उदयपुरको यो प्रसिद्ध धार्मिक एवम् पर्यटकीय रौता पोखरी क्षेत्र मा पर्यटन प्रबद्र्वन गरी आकर्षक गन्तब्य बनाउनका लागि रौतामाई गाउँपालिकाले तयार पारेको गुरु योजना अनुरुप बजेट उपलब्ध गराउन प्रदेश १ को सरकार तयार रहेको बताए ।
मुख्यमन्त्री राईले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनता संरक्षणमा नेपाली सेनाको स्थापनाकाल देखि नै गौरवमय सुनौलो इतिहास रहदै आएको बताएका छन । सो अबसरमा मुख्यमन्त्री राईले केन्दीकृत शासन पद्धतीलाई फड्को मारेर मुलुक अहिले विकास र समृद्विको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको र सुखि नेपाली समृद्व नेपालको यस महान अभियानमा नेपाली सेना हरपल हामी सबैको साथमा रहेको बताए ।
उदयपुरको रौतमाई गाउँपालिका– ६ स्थित उदयपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरी आसपासमा खाली रहेको करिब पाँच सय हेक्टर क्षेत्रफल जमिनमा नेपाली सेनाले बृक्षारोपण गरेको छ । नोपली सेना १८ नम्बर बाहिनीको नेतृत्वमा टिमुर तीन हजार, तेजपात तीन हजार र नासपाती तीन सय गरी जम्मा छ हजार तीन सय विरुवा रोपिएको हो ।
स्थानीय रौतामाई गाउँपालिका उदयपुरले उपलब्ध गराएको पाँच सय हेक्टर क्षेत्रफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र नेपाली सेनाका प्रधान सेनापती पूर्णचन्द्र थापाले शुक्रवार संयुक्त रूपमा बिरूवा रोपेको छ ।
बृक्षारोपण समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापती पूर्णचन्द्र थापाले सरकारले लिएको एक नागरिक एक बृक्षारोपण अभियानलाई सफल बनाउन नेपाली सेनाले बृक्षारोपण अभियान सञ्चालन गरेको बताए । नेपाली सेनाले आफ्नो मुख्य जिम्मेवारी बाहेक वन, बन्यजन्तु, पार्यावरणको सुरक्षाको र संरक्षणमा विशेष योगदान पु¥याउदै आएको छ । नेपाली सेनाले एक सैनिक जवान एक विरुवा भन्ने नीति अन्तर्गत मुलुकका विभिन्न स्थानमा बृक्षारोपण गरिरहको जानकारी समेत दिए ।
समुन्द्र सतह देखि एक हजार नौ सय २० मिटर उचाईमा रहेको रौता पोखरी क्षेत्रमा गरिएको बृक्षारोपण कार्यक्रममा समाजमा बिशिष्ट योगदान पु¥याउनु हुने विभिन्न क्षेत्रका छ जना व्यक्तिहरुलाई मुख्यमन्त्री शेरधन राई, प्रधान सेनापति पूर्णचन्द्र थापाले दोशल्ला ओडाएर सम्मान गरेको छ । मुख्यमन्त्री र प्रधानसेनापति थापा सैनिक हेलिकोप्टरद्धारा त्यहाँ पुगेका थिए । त्यहाँ रणशार्दुल गण बोक्सेका सेनाद्धारा एक महिनादेखि अस्थायी क्याम्प खडा गरि बृक्षारोपण तथा त्यहाँका सरसफाई लागी रहेको छ ।

तपाईको प्रतिक्रिया