एजेन्सी, दुनियाँ प्रतिस्पर्धात्मक ढंगबाट अगाडी बढिरहेको छ । शक्तिशाली देशहरु आफुलाई अझै शक्तिशाली बनाउनको लागि विभिन्न किसिमका हतियारहरुको निर्माणमा तल्लिन छन् । हतियार निर्माण संगै वाह्य आक्रमणबाट बच्नको लागि विभिन्न किसिमका उपायहरुको आविस्कारसमेत गरेका छन् । केही देशहरुले यस्ता भवन बनाएका छन्, जसमा आन्तरिक र वाह्य कुनैपनि आक्रमण गर्न असम्भव छ । यस्ता किसिमका १० घरहरुको बारेमा छोटकरीमा चर्चा गरौँ ।

१. द जम्बि बंकर

अंग्रेजी हरर चलचित्रहरुमा जम्बिले आक्रमण गरेको र त्यसमा मानिसहरुले बाँच्नको लागि गरेको संघर्षहरु देखाइन्छ । यस्तै किसिमका आक्रमणहरुको आँकलन गरि पोल्याण्डमा एक घर बनाइएको छ । ‘द जम्बि बंकर’ नाम राखिएको उक्त घर चलचित्रहरुमा देखाइने जम्बि प्रतिरोधी मानिएको छ । सो घरको भित्ताहरुमा ंकंक्रिट र फलामका तहहरु यसरी जोडिएको छ कि त्यसलाई तोड्न असम्भव छ । सो घरभित्र र बाहिर जानको लागि एकमात्र बाटो छ । सो बाटो पहिलोचोटी जाने ब्यक्ति त्यहीँ नै हराउँछ । सो बाटो ओहोरदोहोर गर्न सैयौँ पटक रिहर्सल गर्नुपर्ने हुन्छ ।

२. द हाउस अफ बिल गेट्स

सफ्टवेयरका राजा भनेर चिनिने बिल गेट्स बस्ने घर दुनियाँको सबैभन्दा सुरक्षित घरहरुको अग्रस्थानमा आउँछ । अमेरिकाको वासिंटनमा भएको उनको घर ६६ हजार बगफिटमा फैलिएको छ । उनको घरको बाहिर र भित्र विज्ञान प्रविधिहरुको अधिकतम प्रयोग गरिएको छ । व्यक्तिगत गोपनियताको लागि उनले आफ्नो घरवरिपरि रुखबिरुवाहरु लगाइएका छन् ।

मिडियाबाट गोपनियता राख्नको लागि घना जंगलको भित्र उनको घर छ । उनको घरतर्फ कुनै खतरा आउँदै छ भने एक किलोमिटर बाहिरबाटै सुचना प्रदान गर्नेगरि सफ्टवेयरहरुको प्रयोग भएका छन् । चारैतिर सिसिटिभि क्यामेरा लगाइएको छ ।

कुनैपनि पाहुनाले उनको घरमा प्रवेश गर्नुअगाडी एक सेक्युरिटी पीन लगाउनैपर्ने व्यवस्था गरिएको छ । उक्त पिनमा सेक्युरिटी क्यामेरा, ताप प्रतिरोधी प्रणाली जस्ता सुरक्षाको बन्दोबस्त गरिएको हुन्छ ।

३. र्योनसोङ रेसिडेन्स उत्तर कोरिया

उत्तर कोरिया जस्तो डरलाग्दो देशमा पनि सुरक्षाको आवश्यकता किन पर्यो भन्ने बारेमा धेरैले सोच्न सक्दछन् किनभने उत्तर कोरियाभित्रको आन्तरिक सुरक्षा प्रणाली निकै मजबुत छ । त्यहाँ नीलो जिन्स लगाउने मानिसलाई समेत फाँसी दिइन्छ ।

उत्तर कोरियाको राजखान्दान बस्ने एउटा महल छ । उत्तरी भागमा नै रहेको उक्त महल सुरक्षाको दृष्टिले निकै नै बलियो मानिन्छ । र्योनसोङ नाम गरिएको उक्त राजमहलको निर्माण निकै नै सुरक्षित ढंगले बनाइएको छ । महलको चारैतिर विद्युतीय तारबार लगाइएको छ । २४ सै घण्टा सुरक्षाकर्मी र गुप्तचरहरुले सो महलवरपर गस्ती गरिरहेका हुन्छन् । सो घरको वरपरि माइन्सको समेत प्रयोग गरिएको छ । कोहीपनि सिधै उक्त महलमा पस्न नसक्ने गरि प्रविधिहरुको प्रयोग गरिएको छ । महलका भित्ताहरु फलामका रड तथा लिड कंक्रिटबाट बलियो गरि बनाइएको छ । सो महलमा परमाणु आक्रमण भएपनि कुनैकिसिमको क्षति नपुग्ने बताइएको छ ।

कुनै कारणबश सुरक्षाको दृष्टिले स्थान परिवर्तन गर्न परिहालेको खण्डमा सुरुङमार्फत अर्को राजदरबारसम्म पुग्ने गरि बाटो बनाइएको छ । सो बाटोबाट कोही शंकास्पद मानिस गइहाले भनेपनि रासायनिक हतियारसहितको सेनाले उनिहरुको योजनामा पानी फेर्न सक्छन् ।

४. फेयरफिल्ड हवेली

अमेरिकी खरबपति व्यावसायी आएरा रेनर्टको न्युयोर्कस्थित ह्याम्पटन शहरमा एक हवेली छ । सो घर निर्माण गर्दा र निर्माण पश्चात रेनर्टले घरको सुरक्षाका लागि पानीसरह पैसा बगाएका छन् । २ सय ४८ मिलियन अमेरिकी डलर खर्च गरेर निर्माण गरेका उक्त हवेलीको हालको मुल्य ५ सय मिलियन डलर पुगेको छ । घरको आन्तरिक सामाग्रीहरुमा मात्रै उनले ५ सय मिलियन अमेरिकन डलरभन्दा बढी खर्च गरेका छन् । विभिन्न मुल्यवान बस्तुहरु घरभित्र सजाइएका छन् ।

६२ हजार स्क्वायर फिटमा फैलिएको सो घरमा २९ बेड रुम छन् । घरमा प्रयोग गरिएका सामाग्रीहरु निकै बलियो र शक्तिशाली छन् । सबै झ्याल बुलेट प्रुफ छन् । चारैतिर सिसिटीभि क्यामेरा जडान गरिएको छ भने सुरक्षामा कुनै खतरा उत्पन्न भए स्वचालित अलार्म बज्ने ब्यवस्था मिलाइएको छ । सुरक्षा र मुल्यवानको हिसाबले उक्त हवेली अमेरिकाको सबैभन्दा महंगो हवेलीको सुचिमा पर्दछ ।

५. बकिङह्याम प्यालेस लण्डन

लण्डनको शाही परिवारले प्रयोग गर्ने दरबार ‘बकिङह्याम प्यालेस’ एक पर्यटकिय स्थलसमेत हो । पर्यटकहरुका लागि सधैँ नखोलिएपनि निश्चित समय र अवधिका लागि खोलिन्छ । पर्यटकका लागि खुल्ला गरिँदा वरिपरिका सडकहरु बन्द गरिन्छ । तत्काल सुरक्षाकर्मीको ठुलो जत्था दरबारवरिपरि फैलिन्छन् , ताकी सामान्य अवस्थामा नै पर्यटकहरुले अवलोकन गर्न पाउन् ।

एकसमयमा माइकल नाम गरेका ब्यक्ति सो दरबारमा चलाखीपुर्वक छिरेका थिए तर तत्काल नियन्त्रणमा लिइएको थियो । त्यसपछि सो दरबारको सुरक्षा अझै बढाइएको छ । दरबारवरपर रातो बर्दीका सुरक्षाकर्मीहरुले २४ सै घण्टा पहरा दिइरहेका हुन्छन् ।

दरबारमा रातको समयमा सुरक्षा दिने सुरक्षागार्डहरु ननिदाउन् भनेर एक स्वचालित अलार्म प्रयोग गरिएको छ । सुरक्षागार्डहरु निदाउन खोजे उनीहरुको कानमा एक अलार्म बज्छ र उनीहरुलाई निदाउन दिँदैन । सो अलार्म सिस्टमलाई रिङ अराउण्ड सिस्टम नाम दिइएको छ । सो दरबारमा हरेक बर्ष एक सय मिलियन डलर सुरक्षामा मात्र खर्च गरिन्छ

६. फोर्ट एलेक्जेण्डर (क्रन्सट्रयाड फोर्ट)

रसियाको सेन्ट पिटर्सवर्ग शहरको सुरक्षाको लागि भनि बनाइएको फोर्ट एलेक्जेण्डर अथवा प्लेज फोर्ट नामक भवन समुन्द्रमा तैरिरहेको अवस्थामा देख्न सकिन्छ । समुन्द्र ४० फिट तलबाट बनाइएको उक्त घर सम्पुर्ण किसिमले सुरक्षित मानिन्छ ।

तात्कालिन समयमा प्लेज नामक बिमारीको उपचार खोज्नको लागि वैज्ञानिकहरु साही घरमा बसेर अनुसन्धान गरेका थिए । एकान्तमा भएको उक्त भवन सुरक्षाको दृष्टिले निकै मजबुत मानिन्छ । माटो, कंक्रिट, ग्रनाइट तथा विभिन्न पत्थरहरुको प्रयोग गरि उक्त भवनको भित्ता निर्माण गरिएको छ । तहमाथि तह बनाई निर्माण गरिएको सो भवनमा सबैकिसिमको आक्रमणलाई थेग्न सक्ने क्षमता छ । तात्कालिन समयमा पनि पटकपटक आक्रमण भएको तर आक्रमणकारीहरु हार खाएर गएको तथ्यहरु भेटिन्छन् । उक्त भवनमा ४० वटा किल्ला छन् ।

७. इण्डियन क्रुक आइरल्याण्ड

फ्लोरिडामा अवस्थित इण्डियन क्रुक आइल्याण्ड दुनियाँभरका सेलिब्रटी र अरबपतिहरुको बस्ने एक गाउँ हो । त्यसलाई दुनियाँको सबैभन्दा सुरक्षित गाउँको रुपमा समेत चिनाइएको छ । सो इलाकामा समुन्द्रको सतहमा देखिन्छ । वरिपरि समुन्द्रले घेरेको छ भने बिचमा जमिन र जमिनमाथि एउटा समाज छ । समाजमा धेरै अरबपतिहरु बस्छन् । सुरक्षाको लागि उनीहरु आफैले आर्मी र प्रहरीहरु हायर गरेका छन् । २४ सै घण्टा जलसेना र हवाई सेनाहरुले उक्त स्थानको अवलोकन तथा सुरक्षा गरिरहेका हुन्छ । डुंगाबाट सैनिकहरुले २४ सै घण्टा उक्त इलाकामा परिक्रमा लगाइरहेका हुन्छन् ।

८. एटलस मिसाइल सिलो होम

शीत युद्धको समयमा मिसाइल आक्रमणहरुमाथि नियन्त्रण गर्नको लागि न्यु योर्कमा एक भवन बनाइएको थियो । सोही भवनबाटै मिसाईल लञ्च र आक्रमणतर्फ आएका मिसाइलहरुमाथि नियन्त्रण गरिन्थ्यो । सतहमा सामान्य भवन देखिएतापनि जमिनमुनी करिब तीन हजार स्क्वायर फुट क्षेत्रफलमा लिभिङ एरिया बनाइएको छ ।

जमिनमुनी बनाइएका संरचनाहरु सय प्रतिशत ब्लास्ट प्रुफ छन् । भवनको भित्ता, झ्याल ढोका सबै कुराहरु विस्फोट प्रतिरोधात्मक रहेको बताइएको छ । त्यति हुँदापनि अन्य सुरक्षा चुनौतीहरु आएको खण्डमा भवनको बाहिर एक हेलिकप्टर राखिएको छ त्यसमा बसेर ठाउँ परिवर्तन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

९. ह्वाइट हाउस

दुनियाँको सबैभन्दा शक्तिशाली देश संयुक्त राज्य अमेरिकाको प्रमुख प्रशासनिक भवन ह्वाइट हाउस विश्वकै सबैभन्दा सुरक्षित भवन मानिन्छ । ह्वाइट हाउसमा हालसम्म ४६ अमेरिकी राष्ट्रपतिको कार्यकाल सकियो । हालसम्म आइसक्दा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ ।

ह्वाइट हाउसमा प्रवेश गर्ने गेट निकै मजबुत छ । यसमा ठुला सवारी साधनहरु तीब्र गतिका साथ आएर ठोक्किँदा पनि कुनै असर पर्दैन । भवनको भित्र र बाहीर २४ सै घण्टा अमेरिकी सेना र सुरक्षाकर्मीहरुले गस्ती गरिरहेका हुन्छन् । भवनमा आक्रमण हुनुभन्दा पहिले नै सुचना आउने व्यवस्था बनाइएको छ । प्रविधिमार्फत घटनाको अगाडी नै सुचना प्राप्त हुने प्रणाली राखिएको छ ।

ह्वाइटहाउसको आकाशमा समेत अन्य विमान उडानको लागि प्रतिवन्ध लगाइएको छ । कोही कसैले उक्त प्रतिवन्धलाई तोड्ने प्रयास मात्र गरेको खण्डमा कडा कारवाही हुने नियम बनाइएको छ । त्यस्तै भवनको सम्पुण झ्याल ढोका बुलेट प्रुफ हुन् ।

भवनभित्र जाने खाद्यपदार्थहरु समेत परिक्षण र स्क्यान गरि पठाइन्छ त्यसकारण अवैधानिक खाद्यपदार्थको मिलावट गर्ने दुष्साहस सम्म पनि गर्न सक्दैन । भवनको सतहमुनी अण्डरग्राउण्ड सुरुङसमेत निर्माण गरिएको छ जसलाई आणविक बमले समेत असर पार्न सक्दैन । यी लगायत जनताबाट गोप्य राखिएका यस्ता कैयौँ सुरक्षा पद्धतीहरु छन् जसलाई राष्ट्रपतीको सुरक्षाको कारण लुकाइएको छ ।

१०. द कर्बी फेमिलि हाउस

अमेरिकाको क्यालिफोर्नियामा भएको कर्बि भवन एक सुरक्षा संस्था प्रमुखको हो । साफ नामक सुरक्षा संयन्त्रका प्रमुख एल कर्बीले आफु र आफ्नो परिवारका लागि दुनियाँको सबैभन्दा सुरक्षित भवन निर्माण गराएका छन् । सन् २००१ मा बनाइएको उक्त भवनमा हेलिप्याडको व्यवस्थासमेत गरिएको छ । विज्ञान प्रविधिका सम्पुर्ण प्रयोजन उक्त घरभित्र गरिएको छ ।

उक्त भवनमा बुलेटप्रुफ सिसाहरुको प्रयोग गरिएको छ । यदि कोही मानिस अनुमतिबिना भित्र पस्न खोज्छ भने गेटमा राखिएको वायोमेट्रिक सिस्टमले उक्त व्यक्तीको पहिचान गर्दछ । सो भवनबाट फोनविना नै सुरक्षाकर्मीहरुलाई सचेत गराउन सकिन्छ । यसका भित्ताहरुमा प्रयोग भएका गोप्य बटमहरुबाट सुरक्षाकर्मीलाई सुचना दिन र सचेत गराउन सकिने व्यवस्था बनाइएको छ । केही भागहरु ब्ांकरको रुपमा समेत उपयोग गर्न मिल्ने गरि बनाइएको छ । तीन तहबाट निर्माण गरिएको भित्ता र ढलानहरुलाई बम आक्रमणबाट पनि कुनै असर पर्दैन ।

कोही अपरिचित व्यक्ति शंकास्पद क्रियाकलापका लागि भित्र छिरिहालेपनि वायोमेट्रिक पद्दतीबाट त्यस्ता ब्यक्तिलाई पहिचान गर्ने र उमाथि केमिकल ग्याँस प्रहार गर्ने एक सिस्टम बनाइएको छ जसबाट उसमा अन्यौल पैदा गराउँछ र भाग्न पाउँदैन ।

सबै प्रकारले सुरक्षित मानिएको उक्त भवनको जग ३० फिट तलसम्म बनाइएको छ । त्यसभन्दा तल सुरक्षित अण्डरग्राउण्डको निर्माण गरिएको छ । उक्त भवन शक्तिशाली भुकम्प आएपनि नढल्ने र आणविक आक्रमणबाट पनि असर गर्न नसक्ने बताइन्छ । पृथ्वीमा प्रलय नै आएको खण्डमा अण्डरग्राउण्डमा सुरक्षित तरिकाले ६ महिनासम्म बस्न सकिने गरि सो भवनको निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया