उदयपुर– महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ अनुसार उदयपुरमा १२ अर्व २९ करोड ३ लाख ४५ हजार मध्ये ४३ करोड २७ लाख ९१ हजार बेरुजु पुगेको छ । यस अघि जिल्लाका ८ वटै स्थानीय तह मध्ये २९ करोड ८२ लाख २० हजार थियो भने आर्थिक वर्ष २०७८/०७९ मा बेरुजु १३ करोड ७९ लाख ८ हजारले बढेर ४३ करोड २७ लाख ९१ हजार पुगेको छ ।
आर्थिक वर्ष २०७८/०७९ उदयपुरमा सबैभन्दा बढी त्रियुगा नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएको छ । महालेखा परीक्षणको प्रतिवेदन अनुसार त्रियुगा नगरपालिकामा २ अर्व ७० करोड १३ लाख ८७ हजार रकम मध्ये १२ करोड २५ लाख २५ हजार अर्थात ४.५४ प्रतिशत बेरुजु बढेर गएको छ । मलेपको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा त्रियुगा नगरपालिकामा बेरुजु ६ करोड ८२ लाख ९९ हजार रहेको थियो भने पछिल्लो प्रतिवेदन २०७८/७९ मा बेरुजु ५ करोड ४२ लाख २६ हजारले बढेर गएको छ ।
कटारी नगरपालिकामा १ अर्व ८९ करोड ८६ लाख ७७ हजार मध्ये ७ करोड ६ लाख ४७ हजार अर्थात ३.७२ प्रतिशत बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७/७८ को बेरुजु ९ करोड ५५ लाख ५६ हजार मध्ये २ करोड ४९ लाख ९ हजारले बेरुजु घटेर आएको छ ।
चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ५ करोड ४ लाख २२ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्ब ८२ करोड ९१ लाख ६६ हजारमध्ये २.७६ प्रतिशत बेरुजु छ । यसअघि चौदण्डीगढीमा १ करोे ९ लाख ९ हजार बेरुजु थियो ।
लिम्चुङबुङ गाउँपालिकामा ८७ करोड २१ लख १ हजार रकममध्ये २ करोड २ लाख ३९ हजार अर्थात ४.५४ प्रतिशत बेरुजु देखिएको छ । यसअघि लिम्चुङबुङको बेरुजु १ करोड ७० लाख ३७ हजार बेरुजु थियो ।
बेलका नगरपालिकामा १ अर्ब ६३ करोड २४ लाख ४१ हजारमध्येबाट ५ करोड ६४ लाख ३५ हजार अर्थात ३.४६ प्रतिशत पुगेको छ । बेलका नगरपालिकाको यसअघि ३ करोड ८२ लाख ६० हजार बेरुजु थियो ।
ताप्ली गाउँपालिकामा ८४ करोड ६९ लाख १२ हजारमध्ये बेरुजु ३ करोड ८७ लाख ८ हजार अर्थात ४.५७ प्रतिशत पुगेको छ । यस अघि १ करोड ७० लाख ३७ हजार बेरुजु थियो ।
रौतामाई गाउँपालिकामा १ अर्ब १२ करोड ५६ लाख ३९ हजार रकम मध्ये बेरुजु ५ करोड ७२ लाख ५ हजार पुगेको छ । यस अघि १ करोड ४५ लाख ९९ हजार बेरुजु थियो ।
उदयपुरगढी गाउँपालिकामा १ अर्ब ३८ करोड ४० लाख २२ हजार रकममध्ये बेरुजु ४५ लाख ८२ हजारबाट बढेर १ करोड ६६ लाख १० हजार अर्थात १.२ प्रतिशतमा पुगेको छ । यस अघि ०.३८ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख छ ।