उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुलको थप तीन सल्याप झरेको छ । शनिबार विहानदेखिको वर्षातले निर्माणको अन्तिम चरणमा रहेको पुल दोस्रो पटक थप तीन सल्याप झरेको हो । यस अघि नै एक सल्याप भरेको थियो ।
यस अघि असार २० गते नै सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो सल्याप झरेकोमा शनिबार थप तीन सल्याप भरेको गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसाद खकुरेलले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै निर्माण कार्य सकेर बुझाउँछु भनेको थियो, काम पनि लगभग सकिएको अवस्थामा चार सल्याप झरेको छ भने दुई पीलर तल धसेको छ ’ उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको छानविन समितिको विज्ञ टोलीले क्षति ग्रस्त पुलको अध्ययन टोली फर्किएको दुई दिन नवित्दै पुनः पुलको तीन सल्याब ढलेको छ । अध्ययन टोलीको प्रतिवेदन सार्वजनिक नहुँदै बाढीले थप तीन सल्याब झरेको छ ।डिभिजन सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकको सिनियर डिभिजन ईन्जिनियर, पुल महाशाखाको सिनियर डिभिजनल ईन्जिनियर र पुल सेक्टर वानको ईन्जिनियर सहितको टोलीले प्रारम्भिक अध्ययन गरेर फर्केको दुई दिन नवित्दै थप तीन सल्याब झरेको छ ।

१२ वटा पिलर र ११ वटा स्लाब रहेकोमा बाढीले पुलको पिलर भासिएपछि एउटा सल्याप नदीमा झरेको छ र अर्को ढल्किएको छ । पुलको उत्तर पट्टीको अन्तिम स्लाब ढलान भएकोले पानी दक्षिाणतर्फ फर्काएको थियो । पानीको बहाव एउटै पिलरमा परेपछि पिलर भासिएको हुन सक्ने आयोजना प्रमुख खकुरेलले बताए । उनका अनुसार पिलर धस्नुको कारण बारे छानविन गरिने बताए ।

२०६७ देखि निर्माण सुरु भएको पुल पटक–पटक म्याद थप गरेर अहिले आएर काम सम्पन्न हुने समयमा पुल बगाएको छ । पुलको निर्माण महालक्ष्मी÷लोकप्रिय जेभी कन्स्ट्रक्सन कलँकी काठमाडौंले गरेको हो भने डिजाइन र माटोको परिक्षण बालाजु काठमाडौं स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौंले गरेको हो ।

सम्झौता गरेको तीन वर्षमा सकिनु पर्ने काम पटक पटक म्याद थप हुँदा १२ वर्ष वित्न लाग्यो पुल हेर्ने आयोजना प्रमुख खकुरेलले बताए । सो पुलमा २५÷ २५ मीटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । ११ स्पान २ सय ८० मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) रहेको छ  ।

विशेष गरेर पानीको सतहमुनि भएको ठूलठूला रूखका कारण ३ वर्षसम्म काममा अवरोध गरेको आयोजना प्रमुख खकुरेलले बताए । ९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ । पुल निर्माणमा लापरबाही गरेका करण निर्माण कम्पनी महालक्ष्मी÷लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड जरिवानासमेत तिरेको छ ।

जनप्रतिनिधि विहिन हुँदा कुनै काम भएको थिए जव जनप्रतिनिधि आएपछि काम अगाडी बढेपनि अन्तिम समयमा आएर पुल बगाएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।त्रियुगा खोलाको सामान्य बाढीले धसिएको यो पुल यो वर्षातमा पुरै ढल्न सक्ने खतरा बढेको छ । यो पुल नबन्दा चौदन्डीगढी नगरपालिकावासीहरु त्रियुगा खोलामा डुंगा चलाएर ओहोरदोहर गर्दै आएका थिए । अव पुलको सल्याप नै झरेपछि कहिलेदेखि यातायात संचालन हुने अन्यौलता बढ्यो ।

थप सम्बन्धित समाचार

त्रियुगा नदीको सिवाई पुल बगायो

तपाईको प्रतिक्रिया