उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई र बेल्ही जोडने त्रियुगा नदीको पुल बगाएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब नै बाढीले बगाएको छ ।
१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ । बाढीले स्लाप बगाउँदा एक जना घाईते भएका छन् । घाइते हुनेमा चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४८ वर्षिय अख्तर मियाँ रहेका स्थानीय संचारकर्मी भास्कर चौधरीले जानकारी दिए । पुलको बारे थप विवरण आउँन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया