उदयपुर । उदयपुरका एक उद्यमीले चौदण्डीगढी नगरपालिका ५ सिवाईका दुई अग्नी पीडित परिवारलाई खाद्यन्न, भाडाकुडा तथा ब्लाङ्केट वितरण गरेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाका गिरीबन्धु प्लाष्टिक रिसाइकलिङ्ग उद्योगका संचालक तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ १ नं. प्रदेश सदस्य उद्यमी प्रदिप गिरीले अग्नी पीडितलाई राहत वितरण गरेको हो ।
विहिबार दिउँसो करिव ३ बजे स्थानीय भोलु चौधरीको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रामेश्वर चौधरीको घर पनि जलेर नष्ट भएको थियो । आगलागीबाट दुवै जनाको टिनको छानो भएको दुई तल्ले घर, काठपात, अन्नपात भाँडा वर्तन, लत्ताकपडा, गरगहना, सुन चाँदी र नगद गरी ३५ लाख बराबरको सामग्री जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
आगलागीबाट घर भित्रका लत्ताकपडा, अन्नपात र नगद सुनचाँदी सहित सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि उद्यमी गिरीले व्यक्तिगत रुपमा अग्नी पीडित परिवारलाई राहतका स्वरुप नुन, तेल, चामल ५० केजी, दुई थान ब्लाङ्केट, १० थान थाल, १० थान गिलास, १० थान कचौरा, ४ थान तपेस कन्ती, डाँडु, पुन्यु, बाल्टिन, १० केजी चिउरा, दुई दर्जन सावुन, २ केजी दालमोट, ३० प्याकेट चाउचाउ, विस्कुट वितरण गरेका हुन् ।
‘मैले मेरो मेहनतको कमाईको केही प्रतिशत दान गर्ने लक्ष्य बमोजिम दुःख पाएका दिनदुःखी, अग्नी पीडित, घरबार नभएका व्यक्तिलाई दान गर्ने गरेको छु ।’ गिरीले भने । यस अघि पनि जिल्ला तथा जिल्ला बाहिरका विभिन्न ठाउँमा अग्नी पीडित, बाढी पीडित र भुकम्प पीडितलाई व्यक्तिगत रुपमा राहत वितरण गर्दै आएको छ ।
यो पनि समाचार पनि पढ्नुस्









