उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा विहिबार दिउँसो अन्दाजी ३ बजे आगलागी हुँदा दुई घर जलेर पूर्णरुपमा नष्ट भएको छ । स्थानीय भोलु चौधरीको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रामेश्वर चौधरीको घर पनि जलेर नष्ट भएको हो ।

जलेको सुन चाँदीको गहना । तस्विर : भाष्कर चौधरीको फेसबुकबाट

आगलागीबाट भोलुको घरको काठ, टाटिको बेरा र टिनको छानो भएको दुई तल्ले घर अन्नपात भाँडा वर्तन, लत्ताकपडा, गरगहना, सुन चाँदी र नगद जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । अर्का छिमेकी रामेश्वरको घरको काठ, टाटीको बेरा र टिनको छानो भएको दुई तल्ले घर जलेर नष्ट भएको डिएसपी गौतमले जानकारी दिए । आगलागीबाट दुवै पीडितको अन्दाजी रु. ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जलेको सुनचाँदी खोज्दै पीडित र स्थानीय । तस्विर : भाष्कर चौधरीको फेसबुकबाट

नेपाल प्रहरी, स्थानीय र चौदण्डीगढी नगरपालिका र सप्तरीको कन्चनरुप नगरपालिकाको दमकलले करिव एक घण्टापछि आगो नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

आगलागीमा जलेको भाडा वर्तन । तस्विर : भाष्कर चौधरीको फेसबुकबाट

तपाईको प्रतिक्रिया