- लेखक : ओम श्रेष्ठ

हुन त चाकरी प्रथा हामीले अध्ययन गरेका कयौं धार्मिक पुस्तकमा सेवकले मालिकलाई वा भनौं दुतले भगवानलाई गरेका पढेका छौं तर नेपालमा भने राणा शाषणको सुरुवातबाट अत्याधिक रूपमा रहेको पाईन्छ ।
राणा शाषणमा सत्रुहरूको बिभिन्न गतिविधि रोक्नलाई चाकरी प्रथाको सुरुवात भएको र राणाहरूलाई शंका लागेका व्यक्तिहरूलाई दरबारमा झिकाई उनीहरूको नजरमा रहन लगाउने गर्थे र यसरी उनीहरूको नजरमा यसरी समय विताउन सक्नेहरूलाई चाकरी भनिन्थ्यो । राणाहरूले आफ्ना भाई भारदारहरू र आफ्ना निम्छराहरूलाई पनि यो प्रथा लादेका थे । त्यसरी चाकरी नगर्ने आफ्नाहरूलाई राणाहरूले विश्वास गर्दैन थे र कुनै मानसम्मान पद प्रतिष्ठाबाट अलग्गाईन्थ्यौ ।
समय र कालखण्ड सँगै चाकडी –चाप्लुसी–चम्चागिरी गर्नेहरूलाई बफादार, ईमान्दार भनिन थालियो । फलस्वरुप आफ्ना मान्छेहरू नीजि स्वार्थ र पदोन्नतिको लागि चाकडी–चाप्लुसी–चम्चागिरी गर्न थालेका छन् । त्यस्ता चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा अंगाल्नेहरूका कारण दक्ष, क्षमतावान, लगनशिल, विश्वासनिय, ईमान्दारहरू महत्वहिन भएका छन् ।
१०४ वर्षे राणा शाषणको अन्त्य सँगै चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा निर्मुल हुँदै गए पनि केहि समयपछि त्यसका जराहरूबाट टुप्पा पलाउने थालिसकेकाथे । आजसम्म यो चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा राजनीतिक संगठनका तह–तह, सरकारी अड्डाका ओहोदा–ओहोदामा र समाजको तप्का–तप्कामा देखिन थालेको छ ।
खास गरि चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने व्यक्तिहरू जहाँ चाकडी–चाप्लुसी–चम्चागिरी गर्नु पर्ने हो त्यो ठाउँमा विहानै देखि देखिन थालेका छन् । विहानै घर जाने, घण्टौ समय विताउने, हजुर–हजुर गर्ने, नजरमा देखा परिरहने, दिनमा २–४ पटक नमस्कार गरिरहने, खामबन्दी दर्शन गर्ने, वेकारका कोसेली ल्याउने, काम विहिन पछयाउने, वेकारका सूचना दिने, नचाहिदो कुरा सुनाएर दुष्मनी पैदा गर्ने, गलत कामलाई पनि पटक–पटक सहि हो भन्दै ढाडस दिई चाकड–चाप्लुसी–चम्चागिरी गरी नजिक हुन खोज्ने प्रवृति हावी भएको छ ।
यसरी यस्ता विभिन्न गतिविधी गरे वापत आफ्ना गुनासा, विचारवाट प्रभावित पारी गलत बाटो मार्फत फाईदा लिने काम गरिन्छ । यसरी चाकडी–चाप्लुसी–चम्चागिरीबाट खुसी भएर जस्तो सुकै स्रोत साधनवाट भए पनि चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने व्यक्तिलाई पोस्ने र फाईदा दिने गर्दछन । यसरी गरिका कृयाकलाप आमा मानिसहरूले सजिलै महसुस गर्न सक्दछन् । तर त्यसलाई विभिन्न नाम दिई अझै हुर्मत दिने काम गरिन्छ ।
यसरी चाकडी–चाप्लुसी–चम्चागिरी गरे पछि संरक्षकको विश्वासिलो पात्र पनि ठहरिन्छन र कतैवाट आएका कोसेलीमा उसको हक रहन जान्छ या भनौ संरक्षकले उनलाई पनि माया गर्ने गर्छ । चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने व्यक्तिले कहिले कहि हुँदै नभएको पद सृजना गरि चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने ब्यक्तिका खातिर पद बहाली पनि गर्ने गर्छन ।
जव कुनै युवा – व्यक्ति जोस जागर सहित काममा तल्लिन हुदै आफ्नो आदर्श, सिद्धान्तले चाकडी–चाप्लुसी–चम्चागिरी वेगत काम गर्न खोज्छन उनका विरुद्धमा केहि थान धुपौरेहरू खनिन्छन र त्यस्ता युवा–व्यक्तिलाई घमण्डि वा घामडको संज्ञा दिई गलत बाजा बजाउन तल्लिन हुन्छन । त्यहि मात्र नभएर तिनका विरुद्ध सेवा दिने व्यक्ति र सेवा लिन व्यक्तिविच दरार उत्पन्न गराउन तल्लिन हुन्छन । मानौं चाकड–चाप्लुसी–चम्चागिरी उसको सामजिक उत्तरदायित्व हो । चाकड–चाप्लुसी–चम्चागिरी नगरि नहुने विषय बनाएर उ आफु र आफन्तलाई सम्रान्त बनाउन सफल होला तर देश र समाज भने भुमरीमा फस्न पुग्छ ।
माथिल्लो अहोदालाई चाकर गरे बापत उनलाई र उनका मान्छेहरूलाई काम, रोजगार, जागिर दिने हुदैन नभएको पद सृजना गरी पदस्थापन गर्ने कयौं घटनाहरू समाजले खुल्ला रूपमा नै अंगालेको देखिन्छन् । तर, विस्तारै उनीहरू चाकड–चाप्लुसी–चम्चागिरीको भुमरीमा पस्दै जादा न उनको लक्ष्य प्राप्त हुन्छ न देश र समाज रुपान्तण हुने मौका पाउँछ । केवल चाकडी–चाप्लुसी–चम्चागिरी गर्ने र उनका नजिकका केहि थान हुलहरूमा मात्र अवसरहरू सिमित हुन पुग्दछ ।
परिणाम गर्नै नहुने काम पनि गर्दै जाँदा देश र सामजलाई भने नोक्सानी हुने गर्दछ ।
चाकड–चाप्लुसी–चम्चागिरी प्राप्त गर्ने व्यक्ति देश र समाजको जति माथिलो ओहोदामा विरजमान हुन्छ त्यति नै उनको निर्णय ठुलो हुदै जान्छ । त्यसैले गर्दा चाकडी–चाप्लुसी–चम्चागिरी कै दवावमा परेर गलत निर्णय गर्दा विषयबस्तु व्यक्तिको साक्षरतारनिरक्षरता, वस्तुनिष्ट मुल्य मान्यता यी सबै कुराको मुल्याङ्कन हुन छाड्दछ । चाकडी–चाप्लुसी–चम्चागिरीको भरमा महत्वपूर्ण सरकारी नियुक्ति गरिने र सरकारी निर्णय हुने भएकोले त्यसको असर देश र सामाजिक संयन्त्र माथि पर्न जान्छ । जसले गर्दा अशिक्षित, अयोग्य, क्षमता विहिन व्यक्तिलाई प्रश्रय पुग्दछ र योग्य, क्षमतावान र दक्ष युवा–व्यक्तिहरू देश पलाएनको खतरा हुन पुग्दछ ।
चाकडी–चाप्लुसी–चम्चागिरी प्रथालाई उपयोग गर्दै आफ्नो काल्पनिक शत्रुको विश्वसनियता घटाउन उनीहरूको विरुद्धमा अफवाह र झुटका भ्रुन फैलाउन हर हमेसा लागि परिरहन्छन् । यदि काल्पनिक शत्रु निज भन्दा पदिय हिसावले माथिल्लो छ भने चाकडी–चाप्लुसी–चम्चागिरीको हतकण्डाले उसलाई पन्छाई उ भन्दा माथिल्लो तहमा काल्पनिक सिकायत गर्दछन् ।
अतः व्यक्ति स्वचालितबाट (रिमोर्टबाट संचालन हुने ब्यक्ति) जालझेल, प्रपञ्च र षड्यन्त्रको शिकार हुन पुग्दछ । यस्तो नपुसंकताले अर्धपतन र कोरोना भाईरस भन्दा भयङ्कर रोगले आफु र समाजलाई प्यारालाईस बनाउने बाटोमा ल्याउछ । तसर्थ देश र सामजको जिवनवाट चाकडी–चाप्लुसी–चम्चागिरी प्रथा नहटेसम्म देश भ्रष्टचारमुक्त मात्र होइन दक्ष, शिक्षित, ईमान्दार, व्यक्ति, देश, समाजको कल्याण हुन सक्दैन ।

तपाईको प्रतिक्रिया