उदयपुर । उदयपुरमा कुखुराको खोरमा तास खेलिरहेको अवस्थामा जुहाडे राउत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राति ११ बजेको समयमा त्रियुगा नपा ७ चुहाडे कालीखोला स्थित डिल्लीशेर राई को कुखुराको खोरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ चुहाडे कालिखोला बस्ने बर्ष ४५ वर्षिय जुहाडे राउत, सोही ठाउँका ३४ वर्षिय पेसल राउत, ३९ वर्षिय डिक बहादुर कार्की, ४५ वर्षिय गजेन्द्र राई, ४७ वर्षिय डिल्लीशेर राई, २५ वर्षिय दिनेश बुढाथोकी र २३ वर्षिय सरोज थापा रहेका छन् । उनीहरुको साथबाट २ बुङ तास , नगद नौ हजार ५ सय ८५ रुपैया समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत कारवाही हुने जानकारी दिए ।
यस अघि असोज २६ गते कोजग्रात पूर्णिमाको दिन उदयपुर सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको घरबाट नेपाली काँग्रेस उदयपुरको क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ  परेको थियो भने असोज २८ गते चौदण्डीगढी नगरपालिका ६ बगरकोटबाट ५ जना तास खेलाडी पक्राउ  परेको थियो । यस्तै कात्तिक ३ गते राति त्रियुगा नगरपालिका ९ राजाबास स्थित बिशाल कार्कीको घरमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ  परेको थियो ।

तपाईको प्रतिक्रिया