उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ६ बगरकोटबाट मंगलबार पाँच तास खेलाडी पक्राउ परेको छ । सोही वडाको देब नारायण साहको घरमा तास खेलि रहेको अवस्थामा ३ बुक तास र नगद १५ हजार सहित उनीहरु पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका ६ बस्ने ४४ वर्षिय राम कुमार श्रेष्ठ, सोही वडाका ४० वर्षिय प्रशुराम तामाङ, ३८ वर्षिय देब कुमार बराइली , ३५ वर्षिय देब नारायण साह र सोही नगरपालिका ७ का ४५ वर्षिय गोपाल कट्वाल रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
यस अघि गत आइतबार उदयपुर सदरमुकाम गाईघाट स्थित एनआईसी बैंक रहेको घरबाट नेपाली काँग्रेस उदयपुरको क्षेत्रिय सभापति सहित ८ जना तास खेलाडी पक्राउ  परेको थियो । उनीहरुलाई पाँच दिन म्याद थप गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया