उदयपुर । उदयपुरमा जंगली हात्तीको समुहले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति भएको छ । चौदण्डीगढी गाउँपालिका ७ लामाचौरीमा ४ घर भत्काउँदा अन्दाजी १६ लाख २० हजार बराबरको अन्नपात, लताकपडा, भाडाकुडामा क्षति पुर्याएको हो ।
चौढण्डीगढी नगरपालिका ७ लामाचौरी बस्ने खिल बहादुर मगरको भुई तल्ले भान्सा घरको टाटी बेरा भत्काई भान्सा घर भित्र रहेको धान गरी नष्ट गरी अन्दाजी १ लाख बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
सोही स्थानका बृद्धीमाया राईको दुई कोठे घरको टिनको बेरा भत्काई घर भित्र रहेको भाडावर्तन, धान, चामल, मकै भुस नष्ट गरी अन्दाजी ४ लाख बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।
सोही बस्ने बम बहादुर बि.क.को भुई तल्ले घरको टिनको बेरा भत्काई भत्काई धान, चामल, नष्ट गरी अन्दाजी २ लाख र सोही स्थान बस्ने रोसन बि.क.को भुई तल्ले घरको टिनको बेरा भत्काई घर भित्र रहेको लत्ताकपडा, भाडा वर्तन नष्ट गरी अन्दाजी २ लाख बराबरको क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
अन्दाजी १२–१५ को संख्यामा रहेको हात्तीले राति ९ बजे गाउँ पसेको हात्तीले बिहान ४ बजे बाहिर जंगल तिर लागेको स्थानीय स्थानीय केशब मगरले बताए । हात्ती धपाउन स्थानिय बासिन्दा, प्रहरी र बन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।









