उदयपुर । उदयपुरमा प्रतिबन्धित लागूऔषध सहित दुई युबा पक्राउ परेका छन् । सिरहाको लहानदेखि गाईघाटतर्फ आउँदै गरेको स २ प ७८७९ नम्बरको मोटरसाइकल चेकजाँचको क्रममा प्रहरीले मोटरसाइकल चालक र पछाडी बस्ने युवालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ५ का २१ बर्षिय दिपकराज पोख्रेल र २५ बर्षिय पुरन मगर रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ओपिडोल ४९० क्याप्सुल र स्पास्पेन ४९० गरि ९८० क्याप्सुल लागूऔषध समेत बरामद गरेको छ ।

लालपत्ता प्रहरी चौकीले युवाको शरीर खानतलासी गरेर उक्त परिणामको लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया