उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ठ १० विद्यार्थीलाई चाँदीको सिक्रीले पुरस्कृत गरेको छ । विद्यालयले एक कार्यक्रमका विच २०७४ सालको वार्षिक परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने १० जना विद्यार्थीलाई दुई दुई तोला चाँदीको सिक्री सहित प्रमाण पत्र प्रदान गरेको हो ।
पुरस्कृत हुनेमा निशान राई, अविरल राई, सन्ध्या कार्की, उर्मिला राई, दिपिका थापा, रुजा राउत, विपिन रायमाझी, दिपराम राउत, सलिना बुढाथोकी र रोदी राई पुरस्कृत भएका हुन् । ९० प्रतिशत भन्दा माथि नतिजा ल्याउने उत्कृष्ठ १० विद्यार्थी पुरस्कृत भएका हुन् । विद्यालयले यस अघिका वर्षहरुमा पनि उत्कृष्ठ १० विद्यार्थीलाई चाँदीको सिक्री सहित पुरस्कृत गर्दै आएको थियो ।
यस्तै हाजरी जवाफ, निवन्ध प्रतियोगिता, म्युजिकल चेयर प्रतियोगिता, फुटबल, स्पोन रेस, १०० मिटर, २०० मिटर रेस, ५०० मिटर रेस, कवडी लगायतका प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई समेत पुरस्कृत गरिएको थियो । यस्तै शिक्षकहरु विच भएको दौड प्रतियोगिता लगायत प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउने शिक्षकहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
विद्यालयका संचालक तथा नेशनल प्याब्सनका पूर्व जिल्ला अध्यक्ष उत्तम शर्मा रिजालले विद्यार्थीको चौतर्फी विकास हुने शिक्षामा जोड दिन कुनै कसर बाँकी नराख्ने बताए । विद्यार्थीको पढाई प्रति कसैसँग सम्झौता नगर्ने, प्राविधिक शिक्षाको लागि पनि विद्यालय अग्रसर भएको उनले बताए ।

विद्यालयका संचालक नवराज ठकुरीले विद्यार्थीको वहु–प्रतिभालाई पहिचान गरी वहु– प्रतिभाशाली विद्यार्थी उत्पादन गर्न ध्यान दिईने बताए । उनले यस विद्यालयलाई निकट भविष्यमै उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको रुपमा अगाडी बढाउने सोचका साथ संचालकहरु लागि परेको बताए । उनले भने, ‘हामी अभिभावकबाट लिन मात्र हैन राम्रो गर्ने विद्यार्थीलाई छात्रवृतिको साथै एसइई परीक्षामा ३.६५ जिपिए ल्याउनेलाई नगद रु. २५ हजार, ३.८ जिपिए ल्याउनेलाई रु. ५० हजार र ४ जिपिए ल्याउनेलाई नगद रु.१ लाख पुरस्कृत गरिने वा पुरस्कार वापतको रकम विद्यार्थीले चाहेको कलेजमा स्कूलको तर्फबाट छात्रवृतिको रुपमा प्रदान गर्ने छौं ।’
‘हामी भौतिक पूर्वाधारमा कुनै कमी छैनौं, विद्यार्थीलाई चाहिने प्रसस्त खेलकुद र मनोरन्जका सामग्री रहेको छ, विद्यार्थीको लागि कम्प्युटर कक्षा सहित हामीसँग एउटा स्कुल बसले नपुगेर आगामी वर्षभित्रमा अर्को बस ल्याउने सोचमा रहेका छौं ।’ उनले भने ‘हामीसँग खेल मैदान छ, हामीलाई चाहिने राम्रा राम्रा शिक्षक र जनशक्ति प्रयाप्त मात्रामा छ, कानूनले बाधा अडकाउन नगरेमा निकट भविष्यमा उच्च शिक्षा सम्मको पढाई गराउनेसम्मका सोच बनाएका छौं ।’
२०६८ सालमा २ सय विद्यार्थीबाट शुरु भएको विद्यालयमा अहिले ५ सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक, कर्मचारी गरेर २७ जना कार्यरत रहेको प्रिन्सिपल अश्विन गुप्ताले बताए ।

https://www.facebook.com/142883269764985/photos/pcb.327996211253689/327994857920491/?type=3&__tn__=HH-R&eid=ARDadI9yGjOXaycUXhLNy35R0HMipEwqNcFKs07-A-NmFhqlUvBYB_xSTqzV2S3rmP9x8tRLKtf3P2lV&__xts__%5B0%5D=68.ARCNz1xbMudynlFsGlRMUh9CyXd6C5w3RMWA4bNlX6mzwEl9mA3QXVWe0OjjswbpI6Dfz2RcUBYNbJ_sn4rUcEJrYyLHF22i2MbvdxS3LNQtnY8UzksizMJNzofICFn_0D2NjwKtKedyHW_QaEmKNOQfwHj4jIy-Zi9QheQdIEFbSrkxQx-norEUAdYdFqdqPoD1mQZCOK5IvOXXT64RguO_sXl-5yUokXnhnIOBqew2u2eVjZWuy9xcvmHxrclCzXbPFl9KlBWAA6txxO4MSfPiwi9U3cAUkr_RzpX8QbsevOFiDlIKhh8je4C5hvupB3c9rimvbA9-bvMgL2NBKP8

https://www.facebook.com/142883269764985/photos/pcb.164975037555808/164973714222607/?type=3&__tn__=HH-R&eid=ARC0jllWDduGhuT26xOF8e0808oVPh50weIR_N8twn4S56WexRvZVTOakJ_OeTTr11tKm96FOgIvzFk8&__xts__%5B0%5D=68.ARDGhmxlHPNM1RU5Dczccl61Bogf6p2Ptd4uOgZK2InVyAzWoVz9KfJFFJZaTXXIXTs1NQMqOW7h-hEa-TI0v2SUKvdE-8x2DTn1kjhu2EPw-PHBA_3D1I0PT_-phD9maztsy_dOTw6Zoi0VHFRdqXRAJp517ARbdQrEBqoMNKkyZsOB_P26dMBCA93vHoMWFXmK_ZbaGkSYx_t0ohVAJvdRal0DTph9aqYwKGmwUZSvYSV41INj5MHEd8jNqISF1isRXP5Wu4tRfs1HXJvlDsmWnyvSgMdRV-dff-1LNJ2yRkw-grb2qVpNi39tuVqvxBdx27eyYfTSEX5DfVAGrSY

https://www.facebook.com/photo.php?fbid=468205916532484&set=a.468198506533225&type=3&size=2048%2C1536

 

 

तपाईको प्रतिक्रिया