उदयपुर / उदयपुरमा माछा मार्नेक्रममा गोही भेटिएको छ । मंगलबार बेलका नगरपालिका ३ स्थित मुर्ति खोलामा गोही भेटिएको हो ।
स्थानीयहरुले माछा मार्ने क्रममा ५ फिट ३ इन्च लम्बाई र दुई फिट मोटाईको गोही भेटिएको हो । स्थानीयहरुले माछा मार्ने क्रममा गोही भेटिएपछि इलाका प्रहरी कार्यालयलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ ।
‘गोही भेटिएको जानकारी आएलगतै उद्धार गरि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका छौ,’ ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नविन सिंहले भने, ‘खोलामा गोही भेटिएको ‘वन्य जन्तु संरक्षण गर्ने कार्य वन कार्यालयको भएकाले डिभिजन वन कार्यालयलाई जिम्मा लगाएका हौं ।’
गोहीको घाँटी र मुखमा चोट लागेकाले उपचार गर्नु पर्ने भएको कोशी टप्पु वन्यजन्तु आरक्षमा जिम्मा लगाएको डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए । उनका अनुसार गोही घाईते रहेछ वनको टोलीले रिस्यु गरेर कोशी टप्पु बन्य जन्तु आरक्षमा जिम्मा लगाई सकिएको बताए ।
‘घाईते नभएको भए कोशीकै सानो भङ्गालोमा छाड्ने थियौं तर घाइते भएकोले ठूलो जनावरले आक्रमण गर्न सक्ने वा आफैले आहारा खान नसक्ने भएकाले आरक्षमा लगेर जिम्मा लगाएका छौ,’ उनले भने, ‘कोशी टप्पु आरक्षमा केही महिना घाईते गोहीको उपचार गरेर निको भएपछि प्राकृतिक रुपमा छाडिने छ ।’
घाईते गोही कोशी नदी हुदै मुर्ती खोला सम्म आईपुगेको हुनसक्ने वन अधिकृत आचार्यले बताए ।
उदयपुरको पूर्व क्षेत्रमा पर्ने वन क्षेत्रमा कहिले ठुला दुर्लभ अजिङगर, सालक लगायतका वन्जयजन्तु भेटिने गरेको छ ।