उदयपुर । उदयपुरको अँधेरी दुर्घटनामा १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका ७ स्थित अँधेरीमा कटारीबाट गाईघाट तर्फ आउँदै गरेको ना ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा. ४ ख ५६३५ नम्बरको हायस गाडी ठक्कर खाई दुर्घटनामा परी १७ जना घाइते भएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्कालै अस्थायी प्रहरी पोष्ट संगमचोकबाट र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले उद्धार गरी प्राथमिक उपचारको लागि जिल्ला अस्पताल पठाइएको पठाइएकोमा १० जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा हायसमा सवार काठमाडौं चन्द्रागिरी नगरपालिका १४ बस्ने वर्ष अ. ५६ की इन्दिरा श्रेष्ठ, वर्ष ४८ की माया श्रेष्ठ, वर्ष ५३ की पविना श्रेष्ठलाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ ।
मध्यम घाइते हुनेहरुमा हायस चालक मोरङ कानेपोखरी गाउँपालिका ६ रमाइलो बस्ने अन्दाजी ४४ वर्षिय राम बहादुर विक, सोही ठाउँका सहचालक वर्ष ४० को देवराज विक, सुन्दरहरैया नगरपालिका ६ बस्ने अन्दाजी ७९ वर्षिय जमुना राई, सोही ठाउँका एदु चन्द्र राई, बेलका नगरपालिका ६ वस्ने अन्दाजी २० वर्षिय सुदिप राई, सोही ठाउँ बस्ने अन्दाजी ३१ को डम्बर बहादुर विक र काठमाडौ बुढानिलकण्ठ नगरपालिका ५ बस्ने अन्दाजी ४३ वर्षिय शान्ति न्यारिकालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको छ ।
यस्तै सामान्य घाइते हुनेहरुमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ बस्ने वर्ष अन्दाजी २७ की पवित्रा भट्टराई, मोरङ कानेपोखरी गाउँपालिका ६ रमाइलो बस्ने वर्ष अन्दाजी २४ का लबिन चौलागाई, सोही ठाउँकी अन्दाजी २१ की करुण बि.क., बाँके नेपालगञ्ज नगरपालिका ३ बस्ने अन्दाजी २१ की लक्ष्मी गिरी, त्रियुगा नगरपालिका ३ मिलन चोक बस्ने अन्दाजी ४२ की रस्मिला दाहाल, ईलाम जोग माई नगरपालिका १ बस्ने अन्दाजी २५ का सगुन गुरुङ र सिन्धुली कमलामाई नगरपालिका १ बस्ने अन्दाजी ४० की सानु थापा रहेका छन् । उनीहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
ट्रक चालक रत्न बहादुर तामाङ प्रहरीको नियन्त्रणमा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया