उदयपुर । संघीय सरकारको अन्तर सरकारी वितीय हस्तान्तरणबाट प्राप्त हुने बजेट त्रियुगा नगरपालिकामा दुई वर्षको अन्तरालमा ६१ करोड २१ लाखले घटेको छ ।

त्रियुगा नगरपालिकामा आर्थिक वर्ष २०८१/८२ मा १ अर्व ४७ करोड २ लाख रहेको थियो । चालु आव २०८२/८३ मा १ अर्व ८ करोड ७१ लाखमा झर्यो । आगामी आव २०८३/८४ मा ८५ करोड ८१ लाख बजेट पाउने भएको छ । दुई वर्षमा त्रियुगा नगरपालिकाको बजेट ६१ करोड २१ लाखले घटेको हो ।

समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी सरकारले पालिकाहरुलाई एकमुष्ट रकम पठाउने गरेको छ । आगामी आवमा त्रियुगा नगरपालिकाको चालु तर्फ ७७ करोड ९५ लाख र पुँजीगत तर्फ ७ करोड ८६ लाख गरी ८५ करोड ८१ लाख पाउने भएको छ । चालु आवको तुलनामा २२ करोड ९० लाखले घटेको हो । त्रियुगा नगरपालिकाको दिर्घकालिन योजनाहरु बनाउन नसक्दा बजेट घट्दै गएको हो ।

आगामी आवमा उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ३ अर्ब ९३ करोड ९४ लाख बजेट पाएका छन् । नगरपालिका तर्फ २ अर्व ५२ करोड ८४ लाख र गाउँपालिका तर्फ १ अर्व ४१ करोड १० लाख बजेट पाउने भएको छ । उदयपुरमा चालु तर्फ ३ अर्व ५९ करोड ९० लाख र पुँजीगत प्रकृति तर्फ ३४ करोड ४ लाख गरी ३ अर्व ९३ करोड ९४ लाख बजेट विनियोजन भएको छ । चालु आवको तुलनामा आगामी आव २०८३÷८४ मा २८ करोड २८ लाखले बजेट घटेको हो ।

कटारी र चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकामा चालुको तुलनामा बजेट बढेर आएको छ भने त्रियुगा सहित पाँच पालिकाहरुको बजेट घटेको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा २२ करोड ९० लाखले बजेट घटेको हो ।

कटारी नगरपालिकाको लागि संघिय सरकारले चालु तर्फ ५५ करोड ५८ लाख र पुँजीगत तर्फ ५ करोड ७२ लाख गरी कुल ६१ करोड ३० लाख बजेट छुट्याइएको छ । चालु आवको तुलनामा ४ करोड ५० लाखले बढी हो ।

चौदण्डीगढी नगरपालिकामा चालु तर्फ ५० करोड ६० लाख र पुँजीगत तर्फ ६ करोड ४० लाख गरी ५७ करोड बजेट पाउने छन् । चालु आवको तुलनामा ६ करोड १७ लाखले बढी हो ।

बेलका नगरपालिकामा चालु तर्फ ४५ करोड ६४ लाख र पुँजीगत तर्फ ३ करो ९ लाख गरी ४८ करोड ७३ लाख बजेट पाउने छन् । चालु आवको तुलनामा २ करोड १० लाखले घटेको छ ।

यस्तै उदयपुरगढी गाउँपालिकामा चालु तर्फ ४१ करोड ५९ लाख र पुँजीगत तर्फ २ करोड ३३ लाख गरी ४३ करोड ९२ लाख बजेट पाउने भएको छ । चालु आवको तुलनामा ४ करोड ९६ लाखले घटेको छ ।

भने ताप्ली गाउँपालिकामा चालु तर्फ २६ करोड ५१ लाख र पुँजीगत तर्फ १ करोड १८ लाख गरी २७ करोड ६९ लाख बजेट संघिय सरकारबाट पाउनेछन् । चालु आवको तुलनामा आगामी आव १ करोड ९४ लाखले घटी बजेट पाएको छ ।

रौतामाई गाउँपालिकामा संघिय सरकारबाट चालु तर्फ ३८ करोड ६९ लाख र पुँजीगत तर्फ ४ करोड ४६ लाख गरी ४३ करोड १५ लाख बजेट पाउनेछन् । चालु आवको तुलनामा आगामी अवमा ५ करोड १४ लाखले घटी बजेट पाउने छन् ।

लिम्चुङबुङ गाउँपालिकाको बजेट २६ करोड ३४ लाख संघिय सरकारबाट पाउने छन जसमध्ये चालु तर्फ २३ करोड ३४ लाख खर्च गर्न पाउने छन भने पुँजीगत तर्फ ३ करोड खर्च गर्र्न पाउने छन् । चालु आवको तुलनामा आगामी आवमा २ करोड ३७ लाखले बढी बजेट पाउने छन् ।

तपाईको प्रतिक्रिया