उदयपुर / विश्व वातावरण दिवसमा दिवसको अवसरमा फलफुलका विरुवा रोप्ने जिल्ला मध्ये उदयपुर चौथो नम्बरमा परेको छ । एक नेपाली एक विरुवा कार्यक्रम अन्तरगत धेरै विरुवा रोपेकाले उदयपुर चौथो नम्बरमा परेको हो । विश्व वातावरण दिवस दिवस ५ जुन २०१८ मा प्रधानमन्त्री केपी ओलीले सिंहदरबार परिसरमा विरुवा रोपेर कार्यक्रमको सुरुवात गरेका थिए । धेरै फलफुलका विरुवा रोपेकोमा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण उदयपुर जिल्ला बासी तथा प्रमुख जिल्ला अधिकारीमा प्रधानमन्त्री केपी ओलीले धन्यवाद व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले जिल्ला प्रशासन कार्यालय उदयपुर पठाएको पत्रमा भनिएको छ ‘यस अभियान अन्तरगत उदयपुर जिल्लामा विभिन्न प्रजातिका एक लाख, ८ हजार, ४ सय ४६ वटा विरुवा रोपण गरी जिल्लाहरु मध्ये देशभरीमा चौथों सबै भन्दा बढी फलफुलका विरुवा रोपण भएको अभिलेख प्राप्त भएको हुँदा उत्साहजनका सहभागिताका लागि संलग्न जिल्लाबासी महानुभावहरु तथा प्रमुख जिल्ला अधिकारीलाई सम्माननीय प्रधानमन्त्रीज्यूले धन्यवाद व्यक्त गर्नु भएको छ ।’
मन्त्रीपरिषद तथा प्रधानमन्त्रीको कार्यालयले मंसिर २५ गते उदयपुरका सिडियोलाई पठाएको पत्रमा ‘यस अभियानलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिई रोपिएका विरुवाहरुको उचित संरक्षण गर्दै उदयपुर जिल्लामा रोपिने विरुवाहरुको प्रजातिगत विवरण समेत खुलाई पठाउन अनुरोध छ ।’ ‘एक नेपाली एक फलफुलका विरुवा रोपण’ अभियानमा उदयपुर जिल्ला टप पाँच भित्र पर्नु गर्वको कुरा भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले प्रतिक्रिया दिए । ‘उदयपुर जिल्ला बासी र प्रमुख जिल्ला अधिकारीलाई प्रधानमन्त्रीको तहबाट धन्यवाद व्यक्त हुनु गर्वको कुरा हो ।’ सिडियो कार्कीले भने ‘उदयपुर वनै वनको जिल्ला हो, रुख काटेर सके भनेर हल्ला हुन्थ्यो तर उदयपुरका स्थानीयहरु रुख काट्ने मात्र होईन रोपण गर्न पनि सक्छन भन्ने सन्देश दिएको छ ।’
प्रधानमन्त्रीले सुरु गर्नु भएको अभियानमा हाल सम्म २८ लाख ९० हजार ९ सय १९ फलफुलका विरुवा रोपण भएको भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । वातावरण दिवसको दिन सुरु भएको अभियान बर्षै भरि संचालन गरी नेपाललाई फलफुलमा आत्मनिर्भर बनाउन एक नेपाली एक फलफुलका विरुवा रोपण अभियान संचालन गरिएको हो । विरुवा र मानव संभ्यता एक आपसमा जोडिएको विषय भएकाले वोट विरुवा संरक्षण गर्नु पर्ने सुशासन, मानवअधिकार तथा त्रियुगा वचाउ अभियानका अभियन्ता भरत खड्काले बताए । खड्काले भने ‘मानव, पानी र बोट विरुवा एक आपसमा जोडिन्छन, त्यसकारण उदयपुर जिल्ला विरुवा रोपेर चौथो नम्बरमा आउनु भनेको सामान्य कुरा होईन ।’ आगामी दिनमा विरुवा रोपेर मात्र होईन संरक्षण गरेर देशकै पहिलो बन्नु पर्नेमा खड्काले जोड दिए ।

तपाईको प्रतिक्रिया