काठमाडौं उपत्यका छाड्न दिने कुनै निर्णय भएको छैन्
काठमाडौं । सरकारले काठमाडौं उपत्यका छाड्न चाहनेहरुलाई छाड्न अनुमति दिने भन्ने विषयमा कुनै निर्णय नभएको प्रष्ट पारेको छ । र, सरकारले भ्रमको पछि नलाग्न पनि आग्रह गरेको छ ।
रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एकाएक सञ्चार माध्यममा यो विषयमा समाचार सम्प्रेषण भएपछि स्वयं रक्षाले यस विषयमा चासो देखाएको थियो ।
केही मन्त्रीहरुलाई समेत उद्धृत गर्दै ‘भ्रमपूर्ण’ समाचार सम्प्रेषण भएपछि काठमाडौं छाड्ने चाहने ठूल...













