उदयपुर । लकडाउनको समयमा त्रियुगा नगरपालिका भित्र दैनिक ज्यालादारी गरी परिवार चलाउने गरिव, बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई उदयपुरका समाजसेवी महेश रेग्मीले सहयोग गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ११ निवासि रेग्मी आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको दैनिकीमा सहज पुर्याउने उद्देश्यले ५ लाख २१ हजा ३ सय ३३ रुपैयाँ बराबरको चेक मेयर बलदेव चौधरीमार्फत विपद राहत कोषलाई सहयोग गरेको हो । त्रियुगा नगरपालिका का १६ वटै वडामा रहेका दैनिक ज्यालादारीका मजदुर, विपन्न, गरिव असायहरूलाई सहयोग पुर्याउने हेतुले २५ केजी बोराको ४ सय ५० बोरा चामल, १ हजार पिस मास्क, १ हजार प्याकेट नुन र १ हजार पिस साबुनका लागि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनका कारण दैनिकी मजदुरी गरेर छाक टार्नेहरु बढी प्रभावित भएका छन । उनीहरूलाई नै सहयोग पुर्याउने उद्देश्यले सहयोग गरिएको रेग्मीको भनाई छ । रेग्मीले यस अघि बेलका नगरपालिकालाई १ लाख बराबरको चेक, कटारी नगरपालिकालाई १ सय बोरा चामल र रौतामाई गाउँपालिकालाई ७५ हजार बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
मनकारी रेग्मीले जिल्लामा आठै वटा स्थानीय तहमा आफुले सहयोग गर्ने सोच बनाएको बताएका छन् । रेग्मीका अनुसार अन्य पालिकाहरूले हाल सम्म कुनै आग्रह नगरेको र आग्रह गरेको खण्डमा आफु सहयोग गर्न तमतयार रहेको बताए । रेग्मी उदयपुरका निर्माण व्यवसायी एवम समाज सेवी हुन् ।
यस अघि राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) उदयपुरले त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीलाई ३५ बोरा चामल हस्तान्तरण गरेको छ । उदयपुरमा दैनिक ज्याला मजदुरी गरी खाने गरिब तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न एनप्याब्सनले सहयोग गरेको हो । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरी खाने वर्गका परिवारलाई साँझ–बिहानको छाक टार्न समस्या नहोस् भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको एनप्याब्सन उदयपुरका अध्यक्ष सुमन कुमार चौधरीले जानकारी दिए ।
यस्तै लामो सयमदेखि उदयपुरमा रहेर आफ्नो पेशा व्यवसाय गर्दै आएका राजेश बछारले पनि त्रियुगा नगरपालिकाको राहत कोषमा १ लाख ७ हजारको चेक नगर प्रमुख बलदेव चौधरी र उपप्रमुख देवी कुमारी चौधरीलाई संयुक्त रुपमा हस्तान्तरण गरेको छ ।
यस्तै त्रियुगा राहत कोषमा नेकपा प्रदेश न.१ प्रदेश कमिटी सदस्य तथा रौता गाउँपालिकाका प्रमुख सल्लाहकार अम्मर रायमाझीले पनि २५ हजार सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया