उदयपुर । स्थानीय सरकारले स्थानीय प्रशासनबाट सवारी पास लिनका लागि दिएको सिफारिस पत्रको दुरुपयोग बढेको भन्दै त्यसप्रति प्रशासनले ध्यानाकर्षण गरेको छ ।

प्रहरी चौकी लालपत्तामा स्थानीय तहले जारी गरेको पास देखाउँदै एक युवा । तस्विर : नागरिक बहस

अत्यावश्यक कामका लागि सवारी पासको व्यवस्था जिल्ला प्रशासनले गर्दै आएको छ । सवारी पासका लागि स्थानीय सरकारको सिफारिस माग्ने गरिएकोमा सिफारिस पत्र नै बोकेर हिड्ने गरेको पाइएको प्रशासनले जनाएको छ । आइतबार सूचना जारी गर्दै त्यस्ता सिफारिस पत्रप्रति प्रशासन जवाफदेखि नहुने जनाएको छ ।
स्थानीय सरकारको वडा कार्यालय, नगरपालिका र गाउँपालिका कार्यालय समेतले आफुखुशी पास जारी गर्न थालेपछि प्रशासनले रोक लगाउन निर्देशन दिइएको छ । यसले सिफारिसको दुरुपयोग र सवारी साधनको चाँप बढेको गुनासो बढेपछि प्रशासनले कडाई गरेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताए । सिफारिस मात्र बोकेर सवारी चलाएर हिडेकाहरुलाई सुरक्षाकर्मीले रोक्न थालेको छ ।

तपाईको प्रतिक्रिया