काठमाडौ- सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले थप एक साता लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो ।
आइतबार बसेको कोभिड–१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो ।
सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो । पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो । योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो ।
दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

तपाईको प्रतिक्रिया