बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप, २५ राउण्ड अश्रुग्यास सहित १० राउण्ड हवाई फायर
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप भएको छ । नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएको छ ।
कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास भएपछि स्थानीयहरु नगरपालिका घेर्न आ...













