उदयपुर । उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप भएको छ । नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएको छ ।
कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास भएपछि स्थानीयहरु नगरपालिका घेर्न आएका थिए । घेर्न आएका आन्दोलनकारीहरुले बेलका नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि प्रहरीले २५ राउण्ड अश्रु ग्यास प्रहार गरेको स्थानीय पत्रकार ललित चाम्लिङ राईले जानकारी दिए । उनका अनुसार आन्दोलनकारी माथि २५ राउण्ड अश्रु ग्यास प्रहार गर्नुको साथै १० राउण्ड हवाई फायर गरेको बताए ।

यस्तै आन्दोलनकारी र प्रहरी विच भएको भिडन्तमा १० जना घाइेत भएका छन् । उनीहरुको स्थानीय अस्पताल र केहीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । यस्तै १४ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । विरोधमा उत्रिएका स्थानीय बेलका वडा नं. ३, ८ र ९ का सयौं जनता रहेको छ ।

यस्तै आन्दोलनकारीको ढुंगामुढाले बेलका नगरपालिकाको अगाडीको भागको शिशा तोडफोड भएको छ भने प्रमुख प्रकासकीय अधिकृत चढ्ने गाडी पनि तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमका अनुसार केही राउण्ड अश्रु ग्यास र हवाई फायर भएको स्वीकार गरेका छन् । आन्दोलनकारी र प्रहरी पनि घाइते भएकोले घाइतेको तथ्याङ्क संकलन भईरहेको जनाएको छ ।

अहिले घटना स्थलमा ६ राजनीतिक दलको बैठक जारी रहेकोले घटनाको थप विवरण आउँन बाँकी रहेको छ ।

थप सम्बन्धित समाचार

बेलका नगरपालिकाका मेयरको झुठको पर्दाफास, कबुलियत वन बनाउन सिफारिस गरेको पाइयो

कोशी टप्पुको व्यक्तिगत जग्गालाई कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै वडा कार्यालय घेराउ

कबुलियत वन बनाउन सिफारिस गर्नु कमजोरी भयो : वडाध्यक्ष

तपाईको प्रतिक्रिया